Madhes Khabar
खेलकुद

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौं,३१असार: कोपा अमेरिका कप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।साेमबार बिहान भएकाे फाइनल खेलमा काेलम्बियालाई १-० ले स्तब्ध पार्दै अर्जेन्टिनाले उपाधि उचालेकाे हाे।फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गरेको हो ।

निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियाे । अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन्।

 

अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए ।

 

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि यो सँगै १६ पटक उचालेको छ । अर्जेन्टिना साविक विजेता हो । कोलम्बिया भने पहिलो पटक उपाधि उचाल्न चुकेको छ । २८ खेलमा लगातार अपराजित कोलम्बियालाई अर्जेन्टिनाले स्तब्ध पारेको हो ।

 

कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो। त्यसयताका २८ खेल सबै जितेको थियो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो ।

Related posts

खेलकुदमा लाग्न युवाहरुलाई महानगरले अझ प्रोत्साहन गर्छ : मेयर सिंह

MadhesKhabar

दक्षिण एशियाली कराते चयाम्पियनसिपमा वीरगन्जबाट भाग लिएका सबै १० खेलाडी विजयी

MadhesKhabar

करैयामाई गोल्डकप फुटबलकाे उपाधि वीरगन्ज सिटीले जित्याे

MadhesKhabar

Leave a Comment