Madhes Khabar
खेलकुद

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कपको उपाधि

काठमाडौ,६पुसः एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार भएको फाइनल खेलमा चीरपरिचित प्रतिद्धन्द्धी भारतलाई १९१ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान च्याम्पियन बनेकोे हो ।

पाकिस्तानले पहिले ब्याटिंग गरेर दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमै अलआउट हुन पुग्यो ।

त्यसअघि ओपनर टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो । उसका लागि समीर मिनहासले ११३ बलमै १७ चौका र ९ छक्कासहित १७२ रन बनाए भने अहमद हुसेनले ५६ रन जोडे ।बलिंग तर्फ भारतका लागि दीपेश देवेन्द्रनले ४ विकेट लिए । हेनिल पटेल र खिलान पटेलले २–२ तथा कनिष्क चौहानले १ विकेट लिए ।

प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणका ३ वटै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।

Related posts

खो खो विश्वकपमा नेपालको ऐतिहासिक सफलता,पहिलो पटक फाइनलमा

MadhesKhabar

निर्णायक खेलमा भारतलाई हराँउदै वेस्ट इन्डिजले जित्याे टि-२० सिरिज

MadhesKhabar

एकदिवसीय विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा

MadhesKhabar

Leave a Comment