Madhes Khabar
खेलकुद

पर्सा जिल्ला लिग फुटबल : बगही र परवानीपुरबिचको खेल बराबर

वीरगन्ज ,१३ जेष्ठ : वीरगन्जमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा सगरमाथा युवा क्लब बगही र शक्ति युवा क्लब परवानीपुरले बराबरी खेलेका छन ।

पर्सा जिल्ला फुटबल संघको आयोजनामा आदर्शनगर खेल मैदानमा जारी प्रतियोगितामा आइतबार भएको खेलमा शक्ति युवा क्लब र सगरमाथा युवा क्लबले १–१ गोलको बराबरी खेलेका हुन ।खेलको पहिलो हाफमा शक्ति युवा क्लबका विशाल ढुङेलले गोल गरेका थिए ।खेलको सुरु मै पहिलो गोल गरेर अग्रता बनाएको शक्तिले पहिलो हाफको अन्तिममा गोल खान पुग्यो ।

उक्त खेलको म्यान अफ दि म्याच सगरमाथा युवा क्लबका क्षितिज तामाङ घोषित भए । अगामी जेठ २६ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी भएको आयोजक क्लबका महासचिव विनोद परीयारले जानकारी दिए । सोमबारको खेल लालिगुरास युथ क्लब विर्ता र ग्यालेक्सी युवा क्लब पिपरा बीच हुने संघका महासचिव विनोद परीयारले जानकारी दिए।

Related posts

आसिफ शेखले अर्धशतक हानेको अभ्यास खेलमा नेपालको सानदार जित

MadhesKhabar

रोमाञ्चक जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

MadhesKhabar

विश्वकप फुटबल : विश्वविजेता फ्रान्स ट्युनिसियासंग पराजित

MadhesKhabar

Leave a Comment