Madhes Khabar
राजनीति हेडलाइन

कांग्रेस र एमालेबीच भयाे सरकार बनाउने सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री

फाइल तस्बिर ।

काठमाडौं,१८असार:संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको छ ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।

सोमबार राति भएको सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषय पनि छन् ।

 

सहमतिको ड्राफ्ट तयार गर्ने एक कांग्रेस नेताले दिएको जानकारीअनुसार ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने’ पहिलो बुँदामा उल्लेख छ ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृह मन्त्रालयसहित १० वटा मन्त्रालय लिने सहमति भएको हो ।

 

त्यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो ।

निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ । यो सहमतिको विषयलाई एमालेतर्फका नेताहरूले भने ठोस रुपमा केही बताइसकेका छैनन् ।साभार:ईकान्तिपुरबाट

Related posts

उदाँउदाे सुर्यलाई अर्घ दिएसंगै सकियाे छठ 

MadhesKhabar

अवैध घुसपेठ रोक्न वीरगन्जसहितका नाकामापनि प्रहरी-प्रशासनको निगरानी र चेकजाँचमा कडाई

MadhesKhabar

जनमत पार्टीको प्राथमिकतामा मधेसको मुख्यमन्त्री

MadhesKhabar

Leave a Comment