Madhes Khabar
रोचक दुनियाँ

केटाहरूलाई जिस्क्याउने १५ महिलालाई प्रहरी लियो नियन्त्रणमा

काठमाडौं,२०जेष्ठः प्रहरीले काठमाडौंको ठमेलबाट केटाहरुलाई विभिन्न ईसारा गरेर जिस्काउने र अनैतिक क्रियाकलाप गर्ने १५ जना महिलालाई पक्राउ गरेको छ ।गत शुक्रबार राति प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप गर्ने स्वदेशी र विदेशी महिलाहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा युगान्डा घर भई ठमेल बस्ने भिउला नकासङ्गो किसाम्बरा, रिचेल नामुद्ध्, सराह नमता किवानुका, रोबिन्या नाकाज्जे, ज्याकलाइन नकन्दह, भेनेस्सा नमुटेबी, शरीफा सेमिटेगो, नासिङगी रिचेल र केन्या घर भई ठमेल बस्ने हेलेन अधिम्बो रहेका छन् ।

त्यस्तै नुवाकोट घर भई टोखा बस्ने रोशनी श्रेष्ठ, काठमाडौँको मनमैज’ बस्ने कृष्टिना क्षेत्री, सिन्धुपाल्चोक घर भई बालाजु बस्ने सिर्जना तामाङ, रसुवा घर भई तारकेश्वर ९ बस्ने रुबी तामाङ, धनकुटा घर भई काठमाडौँको बालाजु बस्ने इन्दु राई र कैलाली घर भई काठमाडौँको माछापोखरी बस्ने निशा सुनारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभार : ग्यालेक्सी खबर

 

Related posts

भारतमा सरसफाइको काम गर्ने ७ जना महिला बने करोडपति

MadhesKhabar

सिम्रौनगढमा अनौठौ चुनावी नारा – उपमेयर जिते ५ वर्ष निशुल्क सैलुन सेवा उपलब्ध गराउछु

MadhesKhabar

संसारकै महँगो आलु, एक किलोकाे मुल्य ८० हजार रुपैयाँ

MadhesKhabar

Leave a Comment