क्रान्ति शाह
वीरगन्ज, २० बैशाख : मुस्लिम धर्मावलम्बीहरुले मङगलबार आफनो महान् चाड ईदउल फित्र (ईद) पर्ब हर्षोल्लाशका साथ मनाइरहेका छन् ।
योसंगै अहिले स्थानीय तह निर्वाचन पनि नजिकिएकाले मङगलबार इर्दका दिन राजनीतिक दलका नेता र उम्मेदवारहरु पनि मुस्लिम मतदातालाइ रिजाउन मुस्लिम वस्ती र गाँउमा पुगेर ईदको शुभाकमना साटासाट गर्न व्यस्त भएका छन् ।
पर्साको वीरगन्न्ज महानगर सहितका पालिकामा रहेका मुस्लिम समुदायको वस्ती र टोलमा मङगलवार बिहानै देखि उम्मेदवार र नेताहरु मङगलबार बिहानै देखि पुगेर मुस्लिम मतदातासंग ईदको शुभकामना आदान प्रदानमा व्यस्त देखिएका छन् ।
हेर्नु होस् फोटो फिचर








