Madhes Khabar
रोचक दुनियाँ

कुकुर मारेकाे भिडियो फेसबुकमा राख्ने २ जना पक्राउ

नवलपुर,१८पुस : निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन्।

५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नवलपरासीकाे सुस्ता गाउँपालिका –५ बेलवानी बस्ने ३३ वर्षीय राजकुमार सारु मगर र २८ वर्षीय अमनकुमार चिडी मगर रहेको प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिए।

अमन र राजकुमारले नारायणी नदीको छेउ ठांडीघाटस्थित ५ नम्बर ठोक्कर नदीको छेउमा पुस १३ गते कुकुर र कुकुरका बच्चा मार्दै गरेकोमा भिडियो बनाई आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट पोष्ट गरेका थिए। उक्त भिडियोपछि कुकुर मार्नेहरुको खोजी गरी तत्काल कारबाही गर्नुपर्ने जनआवाज चर्को गरी उठेको थियो।

यसरी निर्मम तरिकाले कुकुर र कुकुरका बच्चा मार्नु र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राख्ने कार्य मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उल्लङघन देखिएको भन्दै उक्त कसुरमा संलग्न दुई जनालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिए। उनीहरुलाई जिल्ला अदालत परासीबाट पशुपन्छीसम्बन्धी कसुरमा ७ दिनको म्याद थपी इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।साभार:थाहाखबर

Related posts

अनन्त अम्बानीले बिहेमा लगाएको शेरवानीको मूल्य २१४ करोड भारु

MadhesKhabar

मधेस : श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

MadhesKhabar

नेपालमा पहिलोपटक ज्वाइँले दिए सासूलाई कलेजो दान

MadhesKhabar

Leave a Comment