वीरगन्ज,१६जेष्ठः वीरगन्जलाई देशको आर्थिक राजधानी बनाउनको लागि दबाब दिन भन्दै वीरगन्जमा बुधबार आम जनता पार्टी (आजपा) को पर्सा जिल्ला भेला सम्पन्न भएको छ ।नगरसभा गृहमा आजपाका केन्द्रिय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा जिल्ला भेला सम्पन्न भएको हो ।
भेलाले आजपा पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा ७५ सदस्यिय समिति गठन गरिएको छ ।जसमा राजकुमार साह, जनार्धन महतो,इद्रीस देवान ,सन्ध्या पासवान,अमिका चौहान,महमद ईस्ताखर, शिवनाथ रौनियार चनरमन देवी रहेका छन् । यस्तै सन्ध्या पासवानको अध्ध्यक्षतामा आम महिला मोर्चाको १०१ सदस्यिय जिल्ला कमिटीपनि गठन गरिएको छ ।
आजपाका जिल्ला ईन्चार्ज कदम रसुलको अध्यक्षतामा भएको भेलामा आजपाकी उपाध्यक्ष समिना हुसेन,महासचिव त्रिभुवन साह,सचिव तथा मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा, सचिव बाबुराम कौशिक लगायतकोपनि सहभागीता रहेको थियो ।

