Madhes Khabar
खेलकुद

आईपीएल : दिल्लीका कप्तान ऋषभ पन्तलाई भारु ३० लाख जरिवाना

काठमाडौं,२९बैशाखःभारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई ३० लाख भारु जरिवाना गरिएको छ । यसका साथै उनिमाथि १ खेलका लागि प्रतिबन्धपनि लगाइएको छ । स्लो ओभर रेटका कारण पन्त कारबाहीमा परेका हुन् ।

गत मंगलबारराति राजस्थान रोयल्ससंग भएको खेलमा स्लो ओभर रेटका कारण दिल्लीका कप्तान पन्त कारबाहीमा परेको बिसिसिआईले जनाएको छ । उक्त खेलमा राजस्थानविरुद्ध अन्तिम ओभर सुरु गर्नुपर्ने निर्धारित समय भन्दा पन्त १० मिनेट ढिलो थिए ।

आईपीएलको जारी सिजनमा दिल्लीको स्लो ओभरमा तेस्रो खेलमा गल्ती हो । यसअघि चेन्नई सुपर किंग्ससँग स्लो ओभरमा पन्तलाई १२ लाख भारु जरिवाना भएको थियो । त्यस्तै कोलकाता नाइट राइडर्सविरुद्ध पनि स्लो ओभरकै कारण उनलाई २४ लाख भारु जरिवाना गरिएको थियो ।

तेस्रो खेलमा पनि गल्तीपछि दिल्लीका अन्य खेलाडीलाई १२ लाख भारु वा म्याच फिको ५० प्रतिशत रकम जरिवाना लाग्नेछ । पन्तले भने आइतबार रोयल च्यालेन्जर्स बेंगलोरविरुद्धको खेल गुमाउनेछन् ।

दिल्ली १२ खेलमा समान ६ मा जित र हारका साथ १२ अंकका साथ पाँचौं स्थानमा छ । प्लेअफ खेल्न बाँकी बेंगलोर र लखनउले दुबै खेल जित्नुपर्छ ।

 

Related posts

जनकपुरकाे फेरि हार, जितसंगै लुम्बिनी प्लेअफमा

MadhesKhabar

श्रीलंकालाई १० विकेटले हराउँदै भारतले आठौं पटक जित्यो एसिया कपको उपाधि

MadhesKhabar

मधेस प्रदेशकै सर्वाधिक धनराशीको वीरगन्ज गोल्डकपको उपाधि फेरि पुलिसले जित्यो

MadhesKhabar

Leave a Comment