
काठमाडौं,२९बैशाखःभारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई ३० लाख भारु जरिवाना गरिएको छ । यसका साथै उनिमाथि १ खेलका लागि प्रतिबन्धपनि लगाइएको छ । स्लो ओभर रेटका कारण पन्त कारबाहीमा परेका हुन् ।
गत मंगलबारराति राजस्थान रोयल्ससंग भएको खेलमा स्लो ओभर रेटका कारण दिल्लीका कप्तान पन्त कारबाहीमा परेको बिसिसिआईले जनाएको छ । उक्त खेलमा राजस्थानविरुद्ध अन्तिम ओभर सुरु गर्नुपर्ने निर्धारित समय भन्दा पन्त १० मिनेट ढिलो थिए ।
आईपीएलको जारी सिजनमा दिल्लीको स्लो ओभरमा तेस्रो खेलमा गल्ती हो । यसअघि चेन्नई सुपर किंग्ससँग स्लो ओभरमा पन्तलाई १२ लाख भारु जरिवाना भएको थियो । त्यस्तै कोलकाता नाइट राइडर्सविरुद्ध पनि स्लो ओभरकै कारण उनलाई २४ लाख भारु जरिवाना गरिएको थियो ।
तेस्रो खेलमा पनि गल्तीपछि दिल्लीका अन्य खेलाडीलाई १२ लाख भारु वा म्याच फिको ५० प्रतिशत रकम जरिवाना लाग्नेछ । पन्तले भने आइतबार रोयल च्यालेन्जर्स बेंगलोरविरुद्धको खेल गुमाउनेछन् ।
दिल्ली १२ खेलमा समान ६ मा जित र हारका साथ १२ अंकका साथ पाँचौं स्थानमा छ । प्लेअफ खेल्न बाँकी बेंगलोर र लखनउले दुबै खेल जित्नुपर्छ ।

