Madhes Khabar
स्थानिय

बारामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सांकेतिक तस्बिर ।

बारा,१३बैशाख : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ आधाभार जंगलमा ट्रकले ठक्कर दिदाँ एक पैदल यात्रीको मृत्यु भएको छ ।

बुधबार दिउँसो झापाबाट भैरहवातर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ४१७४ नम्बरको ट्रकले पथलैया र अमलेखगन्जबिचको आधाभार जंगल स्थित सडकमा ठक्कर दिदाँ पैदलयात्री अन्दाजी २५÷२६ बर्षका युवकको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा पुरयाउँदा चिकित्सकले मृत घोषित गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

मृतक युवकको बिहीबार दिउँसोसम्मपनि सनाखत हुन सकेको छैन । शव कलैयास्थित प्रादेशीक अस्पतालमै राखिएको छ । ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको न्यौपानले बताए

Related posts

माइस्थान मन्दिर अगाडी गाडी पार्किङ गर्ने कर्मचारीहरु विरुद्ध कारबाही प्रकृया शुरु

MadhesKhabar

वीरगन्जका हाेटलमा युवतीहरुलाई बेश्याबृतिमा लगाउने हाेटल मालिक्नीसहित ४ जना पक्राउ

MadhesKhabar

पर्साका भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न अन्तिम नामावली प्रमाणीकरण

MadhesKhabar

Leave a Comment