Madhes Khabar
खेलकुद

राजस्थानसंग मुम्बईकाे लज्जास्पद हार

वीरगन्ज,११बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा साेमबार राति भएको खेलमा राजस्थान राेयल्सले फेरि मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

जयपुरमा भएकाे खेलमा मुम्बई राजस्थानसंग ९ विकेटले पराजित भएको हाे ।उक्त खेलमम राजस्थानका ब्याटर यशश्वी जयसवाल नायक बने।

मुम्बईले दिएको १ सय ८० रनको लक्ष्य राजस्थानले १८ दशमलब ४ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानका लागि यसश्वी जैसवालले ६० बलमा ९ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ४ रनको शतकीय ईनिङ खेले । आइपीएल करियरको दोस्रो शतक उनले ५९ बलमा पुरा गरेका थिए । अर्का ओपनर जोस बटलरले २५ बलमा ६ चौकाको सहयोगमा ३५ रन बनाए ।कप्तान सन्जु सामसनले २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि पियुष चावलाले मात्र १ विकेट लिन सके।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।उसका लागि तिलक बर्माले ४५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । बढेराले २४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४९ रन बनाए ।मोहम्मद नाबीले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । सुर्यकुमार यादवले ८ बलमा १० तथा कप्तान हार्दिक पान्ड्याले १० बलमा १० रन बनाए ।

राजस्थानका लागि सन्दीप शर्माले पाँच तथा ट्रेन्ट बोल्डले दुई विकेट लिए ।आभेष खान र युजवेन्द्र चहलले समान एक एक विकेट लिए ।

आठौं खेलमा सातौं जितका साथ राजस्थान शीर्ष स्थानमा कायमै छ । यस जितसँगै राजस्थानको शीर्ष चारमा रहँदै प्लेअफ प्रवेशको सम्भावना बलियो बनेको छ ।

आठौं खेलमा पाँचौ हारका साथ मुम्बई अंक तालिकामा पुछारबाट चौथो स्थानमा छ ।

यस संस्करणमा दुई टोलीबीचको यो दोस्रो पटक भेट भएको हो । पहिलो भेटमा पनि मुम्बईलाई राजस्थानले पराजित गरेको थियो ।

Related posts

विश्वकप क्रिकेटमा न्युजिल्यान्डकाे सानदार विजयी सुरुवात

MadhesKhabar

वीरगन्ज एनएसएलको प्ले अफमा पुग्न असफल

MadhesKhabar

निर्मल समाज, ठोरी गोल्डकप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment