Madhes Khabar
वाग्मती प्रदेश

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुदाँ ३ जनाकाे मृत्युु ,५२ जना घाइते

फाइल फाेटाे

काठमाडौं,७बैशाख:दोलखाबाट जन्ती आएकाे बस सिन्धुपाल्चोकमा दुर्घटना भएकाे छ। दुर्घटनामा परी ३ जनाकाे मृत्यु र ५२ जना घाइते भएकाे सिन्धुपाल्चाेकका प्रहरी नायब उपरीक्षक( डिएसपी )निरन्जन भट्टराईले जानकारी दिए।

दाेलखाबाट सिन्धुपाल्चाेककाे पिस्कर जाँदै गरेकाे बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका- ५ धारावतीमा शुक्रबार बिहान ७ बजेर २० मिनेटमा बस दुर्घटना भएकाे हाे।

डिएसपी भट्टराईका अनुसार बसमा ५५ जना सवार थिए।बस अनियन्त्रित भएर दुर्घटना भएकाे भट्टराईले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाएका तीन जनामध्ये दुई जनाको मात्रै परिचय खुलेको छ । ज्यान गुमाउनेमा दोलखाको भिमेश्वर–१ का १७ वर्षका शिव श्रेष्ठ र ७० वर्षका मानबहादुर थामी रहेका  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी  भट्टराईले जानकारी दिए । अर्का एक जना मृतकक परिचय नखुलेका अन्दाजी १८/१९ वर्षका युवक रहेका छन्  ।

घाइतेहरूलाई उद्दार गरी उपचारका लागि अस्पताल लैजाने काम भइरहेकाे डिएसपी भट्टराईले जानकारी दिए।

Related posts

काभ्रेमा बस दुर्घटना, १८ जनाको मृत्यु

MadhesKhabar

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

MadhesKhabar

एमालेका चन्द्रलाई ३ मतले हराउदै काँग्रेसका तिर्थ प्रदेशसभा सदस्यमा विजयी

MadhesKhabar

Leave a Comment