Madhes Khabar
धर्म/संस्कृति

रामनवमीका दिन विराटनगरमा हिन्दूमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग

वीरगन्ज,६बैशाखःरामनवमीका दिन बुधबार विराटनगरमा हिन्दु समुदायले शोभा यात्रा निकाल्ने क्रममा फरक धर्म समुदायका तर्फबाट भएको अवरोध र झडपको घटनाप्रति राष्ट्रिय एकता अभियानले आपत्ति जनाएको छ ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरमा हिन्दु समुदायका श्रद्धालुहरूले रामनवमी मनाउने क्रममा निकालेको शोभा यात्रामा फरक धर्मका युवाहरूले आक्रमण गरेको बताउँदै आपत्ति जनाएका हुन् ।

यादवले हिन्दु समुदायका युवकहरूमाथि आक्रमण गर्नेलाई जिहादीको संज्ञा दिएका छन् । देशको शान्ति र सद्भाव बिथोल्ने प्रयास स्वरूप अन्य ठाउँबाट नै परिचालितहरूले हिन्दु युवाहरूमाथि आक्रमण गरेको उनको ठहर छ ।

यादवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘देशभरको शान्ति र सद्भाव बिथोल्न सक्रिय जिहादी समुदायको जिहादको एक भाग रहेको हाम्रो ठहर छ । अभियान सदियौँदेखि नेपालमा बसोबास गर्दै आएका राष्ट्रभक्त मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई जिहादीहरूको प्रभावबाट बच्न आग्रह गर्दै देशमा सहिष्णुता बनाई राख्न हार्दिक अनुरोध गर्दछ ।’

बुुधबार भएको झडपमा घाइते भएका श्रद्धालुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यादवले आक्रमणकारीहरूको पहिचान गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन मागपनि गरेका छन् ।

बुधबार रामनवमीका दिन हिन्दुहरुले निकालेको रयाली विराटनगरको रानी क्षेत्रमा पुग्दा फरक धर्म समुदायका तर्फबाट अवरोध गरिएपछि झडप भई स्थिती तनावग्रस्त बनेको थियो ।स्थिती नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाई फायर र २७ सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो । झडपमा परेर ५ जना प्रहरी र १२ वर्षीय बालक घाइते भएका थिए ।

 

Related posts

पशुबलीको बहानामा विश्वप्रसीद्ध गढीमाई मेला बिथोल्न लागेकाहरुलाई कारबाही गर्न माग

MadhesKhabar

तराई–मधेसमा महिला मनाउने जिउतिया पर्व आजदेखि सुरु

MadhesKhabar

क्रिश्चियन धर्मका प्रचारक महिला-पुरुषलाई हिन्दूवादीहरूले दले कालोमोसो

MadhesKhabar

Leave a Comment