Madhes Khabar
मधेस प्रदेश

मधेसकाे प्रदेशसभा बैठकमा हानाहान र ताेडफाेडमा उत्रिए सांसदहरु

जनकपुर,४बैशाख:मधेस प्रदेशसभाका सांसदहरू तोडफोडमा उत्रिएका छन् । मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने बैठक चलिरहँदा जनमत पार्टी र कांग्रेसका सांसदहरू तोडफोडमा उत्रिएका हुन् ।

यसअघि मंगलबार दिउँसो जनमत पार्टीले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा भएको सांघातिक हमलाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको थियो ।

त्यसपछि झण्डै पाँच घण्टापछि पुन सुरु भएकाे बैठकमा मुख्यमन्त्री यादवले जनमत पार्टीको विराेधका बाबजुद विश्वासकाे मतका लागि प्रस्ताव पेश गर्न खाेजेपछि जनमत र कांग्रेसका सांसदहरु ताेडफाेडमा उत्रिएको बैठकम सहभागी एक सांसदले बताए ।

जनमत र कांग्रेसका सांसदहरुकाे ताेडफाेडबाट सभामुखकाे माइक, कुर्सी , टेबल र क्यामरामा क्षति पुगेकाे छ ।सत्तापक्ष र विपक्षी जनमतका सांसदहरुबिच हात हालाहाल समेत भएकाे ती सांसदले जानकारी दिए।

Related posts

दिलीप हत्या प्रकरण : क्रसर मालिकले पाए सफाइ , अन्य ३ जना दोषी ठहर

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

मधेसमा बेथिति : विज्ञापन खुल्छ, जागिर पाइँदैन

MadhesKhabar

Leave a Comment