Madhes Khabar
कर्णाली प्रदेश

डोल्पामा आगलागीमा परी घाइते भएका तीन बालकको मृत्यु

फाइल फोटो ।

डोल्पा,१बैशाख : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक वनको आगलागीमा परी घाइते भएका तीनै जना बालकको मृत्यु भएको छ।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारका क्रममा मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए। जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रबार र दुई जनाको उचारकाको क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए।

उपचारको क्रममा एक जनाको राती र एक जनाको शनिबार बिहानपख मृत्यु भएको प्रजिअ दाहालको भनाइ छ। काठमाडौंमा मृत्यु हुनेमा १२ वर्षीय बिवस बुढा र १३ वर्षीय समन्त बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै जना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरुलाई बचाउन धेरै प्रयास गर्दा पनि नसकिएको वडा नंबर ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए। एकै गाउँका तीन बालबालिका आगलागीमा परेर मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको उनले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारको लागि हेलिकप्टरको व्यवस्था गरेर काठमाडौं पुर्याइएको थियो।

डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो। साभार : अन्नपूर्णपोष्टबाट

 

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

एउटै परिवारका चार जनाको घाँटी रेटेर हत्या

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment