Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा कांग्रेसले आयाेजना गरेकाे कार्यक्रममा १२ सय बढी मुस्लिम धर्मावलम्बीले गरे इफतारी

वीरगन्ज,२४चैत:नेपाली कांग्रेसले वीरगन्जमा शनिबार मुस्लिम धर्मावलम्बीको महान् पर्ब ईद र नयाँ बर्षकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ ।

पर्सा क्षेत्र नम्बर १ काे क्षेत्रीय कार्यसमितिले वीरगन्जको मुर्लीमा रहेकाे पार्टी प्यालेसमा आयाेजना गरेकाे कार्यक्रममा वीरगन्जका १ हजार २ सय भन्दा बढी मुस्लिम धर्मावलम्बीहरुले सामुहिक रुपमा इफ्तारीपनि गरेकाे कांग्रेस क्षेत्रीय सभापति अरविन्द गुप्ताले जानकारी दिए।यस्तै नयाँ बर्षकाे शुभकामना आदानप्रदान कार्यक्रमपनि संगै आयाेजना गरिएकाले अन्य धर्मकापनि करिब ६ सय जना सहभागी भई एकआपसमा ईद र नयाँ बर्षकाे शुभकामना आदानप्रदान गरेकाे उनले बताए।


सामाजिक भाइचारा र धार्मिक सदभावलाई अझ मजबुत बनाउने उदेश्यलेपनि उक्त कार्यक्रमकाे आयाेजना गरिएकोपनि गुप्ताले बताए।

गुप्ताकै अध्यक्षतामा भएकाे कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चाैधरी, संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य,पूर्व सांसद अजय द्विवेदी,प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता प्रभु हजरा, प्रदेश सभा सदस्य श्याम पटेल, एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्मा, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव,जिल्ला सचिव तबरेज अहमद,जनमत पार्टीका केन्द्रीय सदस्य शशीकपुर मियाँ,पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी सहभागी थिए।

यस्तै उक्त कार्यक्रममा कांग्रेसका महानगर सभापति मणिन्द्रलाल नेपाली,नेकपा एकिकृत समाजवादीका महानगर अध्यक्ष मनाेज चाैधरी,कांग्रेस नेता शम्भु चौहान, प्राध्यापक संघका सभापति डा. प्रमोद कुशवाहा, कांग्रेस नेताहरु रोशन लामिछाने,विवेक शर्मा,संतोष सिंह,मनाेहर साह,दिपक साह जसपाका जिल्ला अध्यक्ष , पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य लगायतकाेपनि सहभागिता रहेको थियो।

Related posts

पर्साको बलुवा गाँउमा प्रहरीको छापा, १२० बोरा भारतीय सख्खर बरामद

MadhesKhabar

वीरगन्जमा निम्तिएको पानीको समस्या लिएर प्रधानमन्त्री प्रचण्डकोमा पुगे सांसद प्रदीप यादव

MadhesKhabar

वीरगञ्ज कृषि औजार कारखाना आविष्कार केन्द्रलाई हस्तान्तरण , तर अझ सरकारकै भर

MadhesKhabar

Leave a Comment