Madhes Khabar
काेशी प्रदेश

सुनसरीमा दुई सुमुदायबिच झडप (अपडेट) : ५ वटा पालिकामा कर्फ्यु जारी

सुनसरी,२३चैतः सुनसरीमा जारी झडप पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु जारी गरेको छ। सुनसरीको हरि नगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको केही घण्टा नबित्दै कर्फ्यु लगाएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार साँझ ५ बजेदेखि लागु हुने गरि अर्को सूचना जारी हुँदासम्मलाई प्रशासनले कर्फ्यु लगाइएको हो ।सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको कर्फ्यु आदेशमा अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक आबत जावत गर्न, भेला हुन, सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा ¥याली भेला तथा प्रदर्शन कुनै पनि कार्य नगर्न नगराउन भनिएको छ । इनरुवा नगरपालिका क्षेत्र, हरि नगर गाउँपालिका क्षेत्र, देवानगंज गाउँपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यु जारी गरिएको हो ।

हरिनगर क्षेत्रमा कर्फ्यु लगाइए पनि स्थानीयले प्रदर्शन नरोकेपछि बिहानैबाट स्थिति तनावग्रस्त बनेको थियो । त्यहाँको अवस्था अझै पनि सामान्य बन्न सकेको छैन । हरिनगरको मुख्य बजार भुटाह बिहानैबाट तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।त्यसक्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको बिराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायका बीचमा तनाव बढेको हो । बिहीबार साँझ स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुवै समूहका बीचमा झडप भएको थियो ।

Related posts

माेरङ ६ मा काँग्रेसका शेखर काेइराला विजयी

MadhesKhabar

चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले उठाएर लगेपछि……

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment