Madhes Khabar
काेशी प्रदेश

अस्पतालकाे भ्यानबाट ठूलाे परिमाणमा लागू ओैषध गाँजा बरामद, चालक फरार

काठमाडौं,१७भदाैं:विराटनगरमा सशस्त्र प्रहरीले अस्पतालकाे भ्यानबाट ठूलाे परिमाणमा लागू ओैषध गाँजा बरामद गरेको छ।

विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलरा चोकबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति ६० केजी गाँजा बरामद गरेको हो।

राति करिब ११ बजेको समयमा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानलाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्न खोजेका थिए। चेकजाँच गर्न खोजेपछि भ्यानका चालक गाडी छाडेर फरार भएका थिए।

चालक फरार भएपछि सशस्त्र प्रहरीले भ्यानको खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गाँजा र भ्यान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय माेरङमा बुझाइएको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Related posts

इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु

MadhesKhabar

सुनसरीको देवानगन्जमा बेलुकीदेखि दुई समुदायबीच हुलदंगा र झडप सुरु: अवस्था सुरक्षाकर्मीकाे नियन्त्रण भन्दा बाहिर

MadhesKhabar

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment