Madhes Khabar
स्वास्थ्य

पर्साका हरेक वडामा बिपी सेट बाँड्दै डब्लुएचओ

वीरगन्ज,२३चैत :पर्साको सबै १४ वटा पालिकाकाका सबै वडामा उच्चरक्त चाप (ब्लडप्रेसर) चेकजाँच गर्ने डिजिटल बिपी सेट वितरण गर्न सुरु गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले मधेस प्रदेशका ८ जिल्लामध्ये उच्च रक्तचापका बिरामी सबै भन्दा बढी पर्सा जिल्लामा देखिएकाले पर्साका १४ वटै पालिकामा उच्चरक्त चाप चेक जाँच गर्नको लागि प्रत्येक वडामा बल्डप्रेशर जाँच्ने डिजिटल उपकरण वितरण गर्न थालेको हो ।

पालिकाका स्वास्थ्य शाखा संयोजकलाई उक्त उपकरण हरेक वडामा पु¥याउन चैत २२ गतेदेखि डिजिटल मेसिन वितरण कार्य सुरु गरिएको स्वास्थ्य कार्यालय पर्साका परिवार नियोजन अधिकृत अनिल मिश्राले बताए ।

पर्साका १४ पालिकाका १३३ वटा वडामध्ये हालसम्म २० वटा बिपि सेट हस्तान्तरण गरिसकिएको उनले बताए । हालसम्म बिन्दवासिनी गाउँपालिकामा ६, बहुदरामाई नगरपालिकामा ९ र पकहा मैनपुर गाउँपालिकामा ५ गरी २० वटा बिपि सेट स्वास्थ्य शाखा प्रमुख सदाम हुसेनलाई हस्तानान्तरण गरिएको डब्लुएचओका मधेस प्रदेश संयोजक कमलेश यादवले जानकारी दिए ।

यसरी डब्लुएचओ संस्थाले नेपालमा नसर्ने उच्चरक्त चाप, मधुमेह, दिर्घकालिन श्वास–प्रश्वास,क्यान्सर जस्ता दीर्घ रोग न्युनीकरणका लागिपनि मधेसका जिल्लाहरुमा विविध कार्यक्रम गर्दै आएको यादवले बताए ।

 

Related posts

मधेस प्रदेशमै स्तन क्यान्सर र बाँझोपनको उपचार सेवा पहिलो पटक नारायणी अस्पतालमा सुरु

MadhesKhabar

वीरगन्ज सामुदायिक आँखा केन्द्रमा रेफ्रेक्टिभ सर्जरी स्क्रिनीङ कार्यक्रम सम्पन्न

MadhesKhabar

आईतबार थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment