Madhes Khabar
समाचार

मोटरसाइकल दुर्घटनाका घाइते युवकको वीरगन्जमा उपचारका क्रममा मृत्यु

सांकेतिक तस्बिर ।

रौतहट,१८चैतः रौतहटमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ४ इनर्वारीका २५ वर्षीय सुरेश पासवान रहेका छन् ।

आइतबार बिहान परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा पासवान गम्भीर घाइते भएका थिए ।गम्भीर घाइते पासवानको वीरगन्जस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related posts

वीरगन्जको प्रतिमा चोकबाट लागू औषध चरेससहित सम्सुल पक्राउ

MadhesKhabar

वीरगन्जमा तस्करीको आशंकामा २ करोडको सामानसहित ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगंजमा सार्वजनिक शिक्षा सुदृढिकरणका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment