Madhes Khabar
वाग्मती प्रदेश

हाेली खेल्ने क्रममा ग्याङ्ग फाइट हुदाँ दुई युवककाे मृत्यु

सांकेतिक फोटो ।

काठमाडौं,१२चैत:ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।

आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई हाल ललितपुरको धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई हाल धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई हाल धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।

पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।साभार:अनलाइनखबरबाट

Related posts

हेटाैंडा-काठमाडौं सडकखण्डमा कार दुर्घटना हुदाँ डाक्टरसहित चार जनाकाे मृत्यु

MadhesKhabar

दोलखामा एमालेका शिवाकोटीलाइ हराउदै माओवादीका कार्की विजयी

MadhesKhabar

नारायणी नदी र गण्डक नहरमा थप ४ शव भेटियो

MadhesKhabar

Leave a Comment