Madhes Khabar
वाग्मती प्रदेश

हाेली खेल्ने क्रममा ग्याङ्ग फाइट हुदाँ दुई युवककाे मृत्यु

सांकेतिक फोटो ।

काठमाडौं,१२चैत:ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।

आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई हाल ललितपुरको धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई हाल धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई हाल धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।

पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।साभार:अनलाइनखबरबाट

Related posts

काठमाडौंमा विदेशी ब्रान्डका नक्कली मदिरा बनाउने ९ जना पक्राउ

MadhesKhabar

हेटौंडामा क्रेनले किच्दा वीरगन्जका एक युवकको मृत्यु

MadhesKhabar

काठमाडौं ४ मा गगनकाे ह्याट्रिक

MadhesKhabar

Leave a Comment