Madhes Khabar
स्वास्थ्य

आयुर्वेद चिकित्सालय वीरगन्जको अध्यक्षमा अनिल सिंह र सदस्यमा नेहा मिश्र मनोनित

वीरगन्ज,५चैतःवीरगन्जमा रहेको प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको ब्यवस्थापन समितिको अध्यक्षमा अनिल सिंह मनोनित भएकी छन् ।

मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फाल्गुन १८ गतेकोे मन्त्री स्तरिय निर्णयबाट अध्यक्षमा सिंहलाई मनोेनित गरेको हो।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ निवासी सिंह कांग्रेस नेता हुन् ।

यस्तै प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको ब्यवस्थापन समितिको सदस्यमा नेहा मिश्रलाई मनोनित गरेको छ ।मिश्र, नेविसंघको पूर्व केन्द्रिय सदस्य हुन् ।

अस्पताल संचालन तथा ब्यबस्थापन सम्बन्धि कार्यबिधी २०७९ को दफा ३ को उपदफा १ क र ग बमोजिम प्रदेशको स्वास्थ्य मन्त्रायले अध्यक्षमा सिंह र सदस्यमा मिश्रलाई मनोनित गरेको अस्पतालका डाक्टर सुचित कुमार शर्माले जानकारी दिए । दुवै जनाको कार्यकाल ३ बर्षको रहनेछ ।

Related posts

पोखरीयामा औंलो तथा कालाजार रोग नियन्त्रण बारे अन्तरकृयाा सम्पन्न

MadhesKhabar

ठोरी गाउँपालिकाका बिरामीले पनि ब्लड बैंकबाट पाउने भए निशुल्क रगत

MadhesKhabar

पोखरिया अस्पतालको स्तरोन्नत्ती गर्न स्वास्थ्यमन्त्री यादवसंग नेता समानीको माग

MadhesKhabar

Leave a Comment