Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज महानगरपालिकाद्वारा आठ महिनामा साढे ३३ कराेड राजश्व संकलन

वीरगन्ज,३चैत:वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ काे आठ महिनामा झण्डै साढे ३३ करोड रुपैयाँ  राजश्व संकलन गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको साउन देखि फाल्गुन सम्म आठ महिनाकाे अवधिमा ३३ करोड ३२ लाख ४६ हजार ६१७ रुपैँया राजश्व संकलन गरेको हो ।

महानगरले चालु आर्थिक वर्षकाे १२ महिनामा ७० करोड रुपैँया राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्दै महानगरपालिकाकाे राजश्व महाशाखा प्रमुख मनोज कर्णले लक्ष्य पूरा गर्नेगरी कार्य गरीरहेको जनाए ।

महानगरपालिकाले आठ महिनामा सम्पत्तिकरबाट १२ करोड ११ लाख ९७ हजार ९०६, भूमिकर-मालपोतबाट ६६ लाख ४४ हजार ४८०, घरबहाल करबाट चार करोड तीन लाख ८५ हजार ९५१, बहाल बिटौरीकरबाट १५ लाख १९ हजार ४१६ रुपैँया राजश्व संकलन गरेको उनले बताए ।

यसैगरी सवारीसाधन कर (साना सवारी) बाट २० लाख १८ हजार ३७०, पूर्वाधार सेवाको उपभोगमा लाग्ने कर १ कराेड ४ लाख १२ हजार ४३०, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर १९ लाख ६७ हजार २६२ रुपैँया संकलन भएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

Related posts

श्रीराम उत्सव अयोध्यामा, उल्लास वीरगन्जमा

MadhesKhabar

 अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष

MadhesKhabar

पर्साकाे रंगपुरमा १ कराेड ३० लाखकाे लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र निर्माण

MadhesKhabar

Leave a Comment