Madhes Khabar
स्थानिय

निजगढमा ग्याँस सिलिन्डर विस्फोट हुँदा चार जना घाइते

बारा,१४फाल्गुन:बाराको निजगढ नगरपालिका वडा नम्बर ७ निजगढ बजारकाे सहिद चोकमा रहेकाे वर्कसपमा ग्याँस सिलिन्डर विस्फोट हुँदा चार जना घाइते भएका छन्।

सहिद चोकस्थित रोहित वर्कसपमा साेमबार दिउँसो कामदारहरुले काम गरिरहेकै बेला अचानक ग्याँस सिलिन्डर विस्फोट हुँदा चार जना घाइते भएका हुन्।

घाइतेमध्ये दुईजनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ।एक जनाको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको छ। घाइते चारैजनाको निजगढ नगरपालिका– ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

घाइतेहरूको पहिचान हुन बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान र विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ।साभार:नयाँपत्रिकाबाट

Related posts

वीरगन्जमा अनुमति बिना सञ्चालित दुई संस्थामा महानगरले गर्यो शिलबन्दी

MadhesKhabar

भरतपुर भ्रमण वर्ष : ठोरी नाका खुलाउन पहल

MadhesKhabar

“एक घर, एक बिरुवा” अभियान अन्तर्गत वीरगन्ज महानगरद्वारा फलफूलका ५ हजार बिरुवा नि:शुल्क वितरण

MadhesKhabar

Leave a Comment