Madhes Khabar
स्थानिय

आधाभारमा भएकाे सवारी दुर्घटनाका मृतक र घाइतेहरुकाे पहिचान खुल्याे

बारा,९फाल्गुन:त्रिभुवन राजपथ अन्तर्गत बाराको पथलैया–अमलेखगञ्ज सडकको आधाभारमा बुधबार बिहान भएको सवारी दुर्घटनाका घाइते र मृतकको पहिचान खुलेको छ ।बुधबार बिहान बोलेरो जीप र मालबाहक ट्रक एकआपसमा ठोक्किदा भएको दुर्घटनामा एक भारतीय नागरिकसहित दुई जनाको मृृत्यु र चार जना घाईते भएका थिए ।

प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोटकाे विदुर नगरपालिका ९ कोल्नीका ३० वर्षीय चालक सुजन मगराती र भारत बिहारकाे मोतिहारी मधुवन थाना ग्राम कुन्दनपुर बस्ने २८ वर्षीय चन्दन चौहान रहेका छन् । दुवै जना बोलेरोमा सवार थिए ।

दुर्घटनामा घाईते हुनेमा जीपमा सवार तीन भारतीय र ट्रकका चालक रहेका छन् । प्रहरीका अनुसार २२ वर्षीय राहुल चौधरी, १७ वर्षीय सुदीप चौहान र १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बारा परवानीपुर ४ घर भई जीतपुरसिमरा उपमहानगरपालिका २ हुलास बस्ने ३० वर्षीय रवी पटेल घाइते भएका छन् ।

घाइतेहरुको एलएस न्युरो अस्पतालमा उपचार भईरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

जीतपुरसिमरा १ स्थित आधाभार जंगलमा पथलैयाबाट हेटौंडा जाँदै गरेको ना६ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया आउँदै गरेको बागमती प्रदेश ०१–०२६च १३३४ नम्बरको बोलेरो जीप एकआपसमा ठोक्किएको हो ।साभार:ईशीलालेखबाट

Related posts

सार्वजनिक बिदाका दिनमापनि जिल्ला प्रशासन कार्यालय पर्साले दिने भयाे सेवा

MadhesKhabar

बाढी पिडित दलित परिवारलाई पोखरिया नगरपालीकाद्धारा राहत सामग्री वितरण

MadhesKhabar

जथाभावी फोहोर फाल्नेमाथि वीरगन्ज महानगरले सार्वजनिक मुद्दा पनि चलाउने

MadhesKhabar

Leave a Comment