बारा,९फाल्गुन:त्रिभुवन राजपथ अन्तर्गत बाराको पथलैया–अमलेखगञ्ज सडकको आधाभारमा बुधबार बिहान भएको सवारी दुर्घटनाका घाइते र मृतकको पहिचान खुलेको छ ।बुधबार बिहान बोलेरो जीप र मालबाहक ट्रक एकआपसमा ठोक्किदा भएको दुर्घटनामा एक भारतीय नागरिकसहित दुई जनाको मृृत्यु र चार जना घाईते भएका थिए ।
प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोटकाे विदुर नगरपालिका ९ कोल्नीका ३० वर्षीय चालक सुजन मगराती र भारत बिहारकाे मोतिहारी मधुवन थाना ग्राम कुन्दनपुर बस्ने २८ वर्षीय चन्दन चौहान रहेका छन् । दुवै जना बोलेरोमा सवार थिए ।
दुर्घटनामा घाईते हुनेमा जीपमा सवार तीन भारतीय र ट्रकका चालक रहेका छन् । प्रहरीका अनुसार २२ वर्षीय राहुल चौधरी, १७ वर्षीय सुदीप चौहान र १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बारा परवानीपुर ४ घर भई जीतपुरसिमरा उपमहानगरपालिका २ हुलास बस्ने ३० वर्षीय रवी पटेल घाइते भएका छन् ।
घाइतेहरुको एलएस न्युरो अस्पतालमा उपचार भईरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
जीतपुरसिमरा १ स्थित आधाभार जंगलमा पथलैयाबाट हेटौंडा जाँदै गरेको ना६ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया आउँदै गरेको बागमती प्रदेश ०१–०२६च १३३४ नम्बरको बोलेरो जीप एकआपसमा ठोक्किएको हो ।साभार:ईशीलालेखबाट