Madhes Khabar
खेलकुद

सखुवाप्रसाैनीकाे राष्ट्रपति रनिङ शील्ड दीपनारायण आदर्श उच्च माविलाई

वीरगन्ज,२८माघ:पर्साकाे सखुवाप्रसाैनी गाँउपालिकामा आयाेजित राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिताको उपाधि दीपनारायण आदर्श उच्च मावि ओैराहा पचगाँवाले जितेकाे छ ।

ओैराहा पचगाँवास्थित खेल मैदानमा शनिबारदेखि सुरु भई आइतबार सकिएकाे प्रतियोगितामा ९ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै दीपनारायण आदर्श उच्च माविले राष्ट्रपति रनिङ शील्ड जितेको हाे।

यस्तै प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्दै नेपाल राष्ट्रिय मावि महुवन दाेस्राे भयाे भने ४ स्वर्ण,४ रजत र ४ कास्य पदक जितेकाे नेपाल राष्ट्रिय मावि सिरही सथवल तेस्रो भयाे।

आइतबार प्रतियोगिताको समापन समाराेहमा पहिलाे ,दाेस्राे र तेस्रो भएका विद्यालयलाई गाँउपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट, शिक्षा शाखा प्रमुख नेपालेन्दु साह र वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महत्ताे थारुले शील्ड,मेडल र प्रमाणपत्र प्रदान गरे।

शनिबार गाँउपालिका अध्यक्ष यशवन्त यादवले उद्घाटन गरेकाे प्रतियोगितामा गाँउपालिका अन्तरगत रहेका २९ वटा मध्ये सात वटा विद्यालयले भाग लिएका थिए।

Related posts

सन्दीप लामिछानेले विश्वकप गुमाउने, अमेरिकाले दिएन भिसा

MadhesKhabar

दोस्रो टी–२० मा मलेसियामाथि नेपालको सहज जित

MadhesKhabar

महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा नेपाल प्रवेश

MadhesKhabar

Leave a Comment