Madhes Khabar
खेलकुद

दोस्रो टी–२० मा मलेसियामाथि नेपालको सहज जित

वीरगन्ज, १६ जेष्ठ : मलेसियाविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम विजयी भएको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टिम मलेििसयालाई ७ विकेटले हराएको हो ।

मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १७.३ ओभरमा पुरा गरेको हो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित २९ रन , कविता कुँवरले २६ रन , सीता राना मगरले २३ रन र विन्दु रावलले १७ रन बनाएका हुन् ।

त्यसअघि मलेसियाले टस जितेर ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । उसका लागि एनि दुराइसिंघम र वान जुलियाले २०–२० रन जोडेका थिए भने मास एलियाले २८ रन बनाएकी थिइन् ।

बलिङ तर्फ नेपालकी कप्तान रुबिनाले २ विकेट लिँदा कविता कुँवर र इन्दू बर्माले १–१ विकेट लिएका थिए।

मंगलबार नेपालको जितसँगै पाँच खेलको सिरिजमा १–१ को बराबरी भएको छ। यसअघि सोमबार भएको पहिलो खेलमा घरेलु टिम मलेसियाले नेपाललाई ५ विकेटले हराएको थियो।सिरिजको तेस्रो खेल बिहीबार हुनेछ।

Related posts

आईपीएल क्रिकेट:हैदराबादमाथि कोलकाताकाे राेमाञ्चक जीत

MadhesKhabar

वीरगन्ज र जनकपुरमा जारी जय ट्रफीको पहिलो खेलमै चम्किएका खेलाडीहरू

MadhesKhabar

जनकपुरलाई ठूलो सफलता, शिखर धवन १४ रनमै आउट

MadhesKhabar

Leave a Comment