वीरगन्ज,११माघ वीरगन्जमा जारी नेशनल ईन्फोटेक (एनआई) क्रिकेट कपको उपाधिका लागि आयाेजक नेशनल ईन्फोटेक कलेज र ग्लोबल बिजनेस कलेज भिड्ने भएका छन् ।
बिहिबार भएकाे दाेस्राे सेमीफाइनल खेलमा वीरगन्ज पब्लिक कलेज (बिपिसी) लाई २८ रनले पराजित गर्दै ग्लोबलले उपाधिका लागि फाइनलमा एनआईसँगको भिडन्त पक्का गरेको हो ।
११७ रनकाे लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको बिपिसी १८ ओभरमा ८८ रन बनाएर अलआउट भएपछि फाइनलमा ग्लाेबले स्थान पक्का गरेकाे हाे । बिपिसीका लागि असरफ हुसैनले २१ बलमा २ छक्का प्रहार गर्दै २१ रन बनाए । जडुबन्शी बैठाले १८ बलमा १४ रन जोडे भने अरसाद हुसैनले ११ रन जोडे ।
ग्लोबलका विवेक यादवले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । सुजल सर्राफले ४ ओभरमा १३ रन खर्चिदै ३ विकेट लिँदा अनुज पटेलले ४ ओभरमा १३ रन दिएर २ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ग्लोबल कलेजले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११६ रन जोडेको थियो ।
ग्लोबलका लागि रितिक पटेलले ३५ बलमा २६ रन जोडे । सिकन्द्र कुमार साहले २१ बलमा २२ रन जोड्दा साहिल सर्राफले १६ बलमा १७ रन बनाए ।बलिङतर्फ बिपिसीका जडुबन्शी बैठाले ४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिए । सन्दिप सिंहले ४ ओभरमै २२ रन दिएर २ विकेट लिए ।
यसअघि बुधबार भएकाे पहिलाे सेमिफाइनलमा हेटौडा स्कुललाई पराजित गर्दै आयाेजक एनआई कलेजले फाइनलमा स्थान सुरक्षित गरेकाे थियाे ।फाइनल खेल शनिबार हुनेछ।