Madhes Khabar
राजनीति

प्रभु साह नेतृत्वको आजपाद्वारा वीरगन्जमा मशाल जुलुश प्रदर्शन

वीरगन्ज,१०माघ:प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले बुधबार साँझ वीरगन्जमा मशाल जुलुश निकालेकाे छ।भाेली माघ ११ गते मधेस प्रदेश बन्द गर्ने घाेषणा गरेकाे आजपाले त्यसैलाई लक्षित गरि बुधबार साँझ वीरगन्जमा माशल जुलुश निकालेकाे हाे ।

आजपाका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाकाे नेतृत्वमा निकालिएको मशाल जुलुशले बजार परिक्रमा गरेकाे थियाे ।

बैंकहरुको मनोमानी ब्याज फिर्ता र सहकारी र लघुवित्त संस्थाबाट नागरिकले लिएका ऋण माफी लगायतको माग गर्दै आजपाले भाेली माघ ११ गते मधेस बन्द गर्ने घाेषणा गरेको छ।

बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कार्जा दिलाउन माग गरेर माघ ११ गते मधेस बन्द गर्ने घाेषणा पार्टीले गरेको आजपाका मधेस प्रदेश अध्यक्ष कुशवाहाले बताए ।

मशाल जुलुशमा आजपाका स्थायी कमिटी सदस्य बाबुराम काैशीक,पर्सा अध्यक्ष कदम रसुल, आईटी आर्मी पर्साका अध्यक्ष दिपेन्द्र जयसवाल, पार्टीका जिल्ला सचिज विश्वराज पटेल, नेता उपेन्द्र जयसवाल लगायतको सहभागीता थियाे ।

Related posts

बाराको चैनपुरमा एमालेका १२० नेता–कार्यकर्ताद्धारा पार्टी परित्याग ,श्रेष्ठ र सोनलले गरे स्वागत

MadhesKhabar

नागरिकता लगायतका मुद्धा सम्बोधनका लागि जसपा जित्नु पर्छ : प्रदीप यादव

MadhesKhabar

उपराष्ट्रपति उम्मेदवार रामसहाय विरुद्ध एमालेले दियाे उजुरी

MadhesKhabar

Leave a Comment