Madhes Khabar
राजनीति

समग्र मधेस स्वायत्त एक प्रदेश बनाएरै छाड्छौं : पूर्वमन्त्री यादव

वीरगन्ज,०५माघ :जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले समग्र मधेस स्वायत्त एक प्रदेश ढिलो चाँडो बनाएरै छाड्ने दाबी गरेका छन् ।

मधेसी सहिद र घाइतेको सम्मानमा वीरगन्जमा शुक्रबार मधेस प्रदेश सरकारले आयोजना गरेको छैठौं बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले यस्तो दाबी गरेका हुन् । उनले भने,‘ विभिन्न प्रपञ्च रचेर राज्य संरचना गरेर २२ जिल्लाको मधेसलाई ८ जिल्लामा समिति पारियो । जुन हामीलाई चित्त बुझेकै छैन । ढिलो चाँडो एक न एक दिन २२ जिल्लालाई समेटेर समग्र मधेस एक प्रदेश बनाएर छाड्छौं ।

पूर्र्व मेचीदेखि पश्चिम महाकालीसम्मका २२ जिल्लासहितको समग्र मधेस एक प्रदेश मधेस आन्दोलनको प्रमुखमध्येको एक एजेण्डा रहेको उनले बताए । यो मुद्धा जसपाले कहिल्यैपनि नछाडेको भन्दै उनले यसका लागि जसपा अहिलेपनि संघर्षरत रहेको बताए ।

यादवले मधेस आन्दोलनमा सहभागी मधेसी नेता कार्यकर्तामाथि राज्यले चलाएको झुठा मुद्धा खारेजीको अभियानको अगुवाई गर्न कार्यक्रममा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवलाई आग्रहपनि गरे । यसका लागि सम्पूर्ण मधेसी जनाले अध्यक्ष यादवलाई साथ दिने जिकिरपनि उनले गरे ।

उनले मधेस प्रदेशमा मधेस प्रहरी स्थापना गर्न कार्यक्रममा सहभागी मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाईपनि आग्रह गरे । पूर्वमन्त्री यादवले भने,‘ जुन दिन मधेसीको काँधको बिल्लामा मधेस प्रहरी लेखिन्छ त्यसदिन नै मधेसी सहिदको सपना साकार भएको महसुस सारा मधेसीले गर्नेछन् ।’उनले मधेस र मधेसीप्रति शासकको तर्फबाट अहिलेपनि विभेद कायमै रहेको बताए । यादवले चुरे संरक्षणका लागि जसपाले अगुवाई गर्नेपनि बताए ।

प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री महम्मद समिमको अध्यक्षता तथा जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको बलिदानी दिवस कार्यक्रमलाई प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव , पूर्व मुख्यमन्त्री लालबाबु राउत , अर्थमन्त्री सञ्जय यादव , खेलकुदमन्त्री सुनिता साह , उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव , उर्जा सिंचाई तथा खानेपानीमन्त्री सिंहासन साह कलवार ,वीरगन्ज महानगरका मेयर राजेशमान सिंह , प्रदेशसभा सदस्यहरु जर्नादन सिंह क्षेत्री , श्याम पटेल , प्रमोद जयसवाल लगायतलेपनि सम्बोधन गरेका थिए ।

 

Related posts

रेशम चाैधरीकाे पक्षमा पर्साकाे पन्चगावा बजारमा नागरिक उन्मुक्ति पार्टीको प्रदर्शन

MadhesKhabar

जसपा नेपालले सरकारलाई दिएको समर्थन लियो फिर्ता

MadhesKhabar

वीरगन्ज १० मा जसपा-एमालेकाे चुनावी घरदैलाे

MadhesKhabar

Leave a Comment