
मकवानपुर,२८पुष: हेटौंडाबाट राजधानी काठमाडौं प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरामा निजी सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।
थानकोटबाट चित्लाङतर्फ आइरहेको प्रदेश—३— ०१—०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका-४ मा शनिबार दिउँसो दुर्घटना हुँदा काठमाडौंकाे लाजिम्पाट बस्ने कार चालक डाक्टर महेश कुमार गाैतम,६७ वर्षिय ओमकार निधी तिवारी,६४ वर्षिया कल्पना तिवारी र ४ श्रीयान्स गौतमको घटनास्थलमै मृत्यु भएको थानकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले बताए ।
दुर्घटनामा ६ वर्षीय स्माइल गौतम भने घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । प्रहरीका अनुसार उनको अवस्था पनि गम्भीर छ । कार सडकबाट करिब ६ सय मिटर तल खसेको हाे ।
शनिबार उनीहररू चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ ।

