Madhes Khabar
स्थानिय

ज्येष्ठ पत्रकार पेन्सन योजना तत्काल लागु गर्न वीरगन्ज महानगरलाई समितिको आग्रह

वीरगन्ज,१८ पुष;वीरगन्ज महानगरपालिकाको आमसंचार माध्यम प्रर्बद्धन तथा नियमन समितिले ज्येष्ठपत्रकार पेन्सन योजनाको कार्यबिधी तयार भईसकेको हुदा त्यसलाई नगरपरिषदबाट पारित गरेर कार्यान्वयनका लागि लैजाने निर्णय गरेको छ ।

समितिको बैठकले संचारकर्मीहरुका सूचना विज्ञापन प्रकाशन बापत लेखा शाखामा रोकिएको भुक्तानीको लागि आवश्यक समन्वय गरी तत्काल भुक्तानी गराउने निर्णय गरेको हो । यसैगरी बैठकले महानगरपालिकाबाट जारी हुने सूचना विज्ञापनहरु एकद्धार प्रणालीबाट बितरण गर्ने र सूचना शाखाबाट समानुपातिक ढंगले सूचना र विज्ञापन वितरण गरी भुक्तानीका लागि सूचना शाखाको सिफारीस अनिवार्य गर्ने निर्णयपनि गरेको छ ।

यसैगरी बैठकले लोक कल्याणकारी विज्ञापनको दोस्रो त्रैमासिक भुक्तानीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ ।

आमसंचार माध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्य अनुप तिवारी,राम शर्राफ, मनोज पटेल, माधुरी महतो, अमित अग्रवाल, आबिद हुसैन, बृजलाल पासवान, महानगरपालिकाका प्रशासन प्रमुख राजकृष्ण ताम्राकार,प्रकाशन प्रशारण तथा सूचना शाखा प्रमुख एवं समितिका सदस्य सचिव हरिओम प्रसाद चौधरी,कानुन अधिकृत ईश्वर बराल लगायतको सहभागिता रहेको थियो ।

Related posts

भिस्वामा गोली चलेको प्रकरणः बाटोमा युवतीलाई केटाहरुले छेडखानी गर्दा चल्यो गोली !

MadhesKhabar

सडक खनेर अलपत्र पारेपछि वीरगन्ज महानगरको आक्रोश : टेलिकममा लगेर फाल्यो फोहोर

MadhesKhabar

पर्सामा गाजा सहित एक भारतीय युवक पक्राउ

MadhesKhabar

Leave a Comment