Madhes Khabar
स्थानिय

डिएसपी र इन्स्पेक्टरलाई कारबाहीको माग गर्दै कलैयामा सत्तारुढ दलहरुद्वारा दिनहुँ प्रदर्शन

बारा, ६ साउन : नेपाली कांग्रेस बाराका जिल्ला सचिव भैयाराम यादवलाई कुटपिट गर्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक ( इन्स्पेक्टर) लाई निलम्बनसहित कारबाही गर्नुपर्ने माग गर्दै सत्ता साझेदार राजनीतिक दलहरूले शनिबारपनि कलैयामा प्रदर्शन गरेका छन् ।

कांग्रेस जिल्ला सचिव यादवलाई प्रहरीबाटै कुटपिट भएको घटनामा संलग्नहरुलाई कारबाही नगरिएको भन्दै कांग्रेस, जसपा , नेकपा माओवादी केन्द्र सहितका दलका नेता कार्यर्ताहरूले शनिबार पनि प्रदर्शन गरेका हुन् ।

शनिबार दिउँसो कलैयास्थित रामजानकी मन्दिरु परिसरबाट दलहरुले निकालेको विरोध जुलुशले नगर परिक्रमा गर्र्दै भरत चोकमा पुगेर प्रहरी विरुद्ध नाराबाजी गरेको थियो । त्यसक्रममा उनिहरुले भरतचोकमा टायर बालेर सडकपनि अवरुद्ध गरेका थिए ।

भरत चोकमै आयोजित विरोधसभालाई कांग्रेसका जिल्ला उपसभापति मनोज भट्ट , सचिव राजेश रौनियार , नेकपा मओवादी केन्द्रका प्रदेशकमिटी सदस्य प्रभु यादव , जसपाका नेता प्रमोद गुप्ता , महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव लगायतले सम्बोधन गर्दै घटनामा संलग्न प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन गरि कारबाही नगरिएसम्म आन्दोलन नरोकिने बताएका थिए ।

गत मंगलबार कांग्रेस सचिव यादव एक सवारी दुर्घटनाको विषयमा छलफलका लागि जिल्ला प्रहरी कार्यालय बारामा पुग्दा प्रहरी निरीक्षक साहसंग भनाभन परेपछि प्रहरी नायब उपरक्षिक पाण्डे र प्रहरी निरीक्षक साहलगायतले निर्घात कुटपिट गरी घाइते बनाएर केही घण्टा नियन्त्रणमा लिएका थिए ।

त्यहि घटनालाई लिएर एमाले बाहेकका सत्ता साझेदार दलहरू प्रदर्शन गर्दै आन्दोलित भएका हुन् । घाइते यादवको वीरगन्जको स्पर्श मल्टिस्पेशलिटी अस्पतालमा उपचार जारी छ ।

Related posts

पर्सा : पालिकाको पशु कार्यालय सञ्चालित भवन प्रहरीले डोजर लगाएर भत्काई दियो

MadhesKhabar

एक वर्षपछि वीरगन्जको मुहार अझ फेरिनेछ:मेयर सिंह

MadhesKhabar

पिकनिक मनाएर वीरगन्ज फर्कदै गरेकाे बस सिमरामा दुर्घटना, १ काे मृत्युु ,४० भन्दा बढी घाइते

MadhesKhabar

Leave a Comment