Madhes Khabar
स्थानिय

पर्साकाे बिन्दवासिनीमा ट्याक्टरले किचिएर बालककाे मृत्यु

सांकेतिक फाेटाे

वीरगन्ज ,६असार: पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ मा बुधबार ट्याक्टरले किचिएर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिन्दवासिनी गाउँपालिका वडा नंवर ३ का ११ बर्षिया रामसुरत दास तात्वा रहेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिन्दवासिनी ३ का सुनिल चारसियाकाे ना ५ त ४३२५ नम्बरको ट्याक्टरले किचिएर तात्वाकाे मृत्युु भएकाे हाे ।

बुधवार अपरान्ह ४ बजेतिर तात्वा गुडिरहेमाे ट्याक्टरमा चढेर बस्ने क्रममा अचानक खसेकाे र त्यहि ट्याक्टरले किचिदा उनकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर प्रहरीकाे नियन्त्रणमा रहेकाे तथा चालक फरार रहेकाे र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

पर्साको ग्रामीण भेगमा सरकारी कार्यालयहरुको सेवा विस्तार गर्न धोबिनीका स्थानीयको माग

MadhesKhabar

स्थानीयको विरोधका कारण भलुवाही खोलामा बाँध निर्माण कार्य अलपत्र

MadhesKhabar

वीरगन्ज महानगरमा दैनिक दुई पटक उठाइन्छ फोहोर

MadhesKhabar

Leave a Comment