Madhes Khabar
पर्यटन रोचक दुनियाँ

हात्ती सुन्दरीकाे उपाधि `सेल्फीकली´ लाई

चितवन,११पुष:चितवनको सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तरगत बुधबार भएको हात्ती सुन्दरी प्रतियोगिताकाे उपाधि सेल्फीकली नामक पाेथी हात्तीले जितेको छ ।

हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी ६ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीय सेल्फीकलीले सुन्दरीकाे उपाधी जित्न सफल भएको हो ।

सरसफाई र अनुशासनका आधारमा सेल्फीकलीलाई उत्कृष्ट छनोट गरिएको निणर्यक समितिका संयोजक तथा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठले बताए।उनका अनुसार सेल्फीकलीले ५०० पूर्णांकमा ३९४ अंक ल्याएर उपाधी जिल्न सफल भएको हो ।

प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीय सम्बृद्धिकली तेस्रो भएका छन् । उनिहरुले क्रमशः ३९३ र ३५६ अंक प्राप्त गरे ।प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीलेपनि सहभागिता जनाएका थिए।साभार:स्वदेश एफएमबाट

Related posts

पर्साको ठोरी : ‘पर्यटकीय क्षेत्र’ घोषणामै सीमित, मधेस सरकारले दिएन बजेट

MadhesKhabar

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम छिट्टै सुरु गर्ने सरकारको घोषणा

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढयो

MadhesKhabar

Leave a Comment