Madhes Khabar
स्थानिय

पर्साकाे बडनिहारमा बियरकाे बाेत्तलले हान्दा एक जनाकाे टाउकाे फुट्याे, दुई जना पक्राउ

वीरगन्ज,५मंसिर:पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहार बजारमा बियरकाे बाेत्तल प्रहारबाट एक जना घाइते भएका छन् ।

बडनिहारस्थित विशाल हाेटलमा सोमबार साँझ मदिरा सेवन गर्ने क्रममा युवाहरुबिच विवाद हुदाँ बियरकाे बाेत्तलले प्रहार गर्दा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया का ३५ वर्षिय दिपलाल पटेलकाे टाउकाे फुटेकाे हाे ।

सिर्सियाका ८/९ जना युवाहरु साेमबार साँझ बडनिहारकाे विशाल हाेटलमा बसेर मदिरा सेवन गरिरहेका बेला उनिहरुबिच विवाद भई झगडा भएकाे थियाे ।

उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ।अन्य ५ जना फरार रहेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का संजय पटेल र किसोर प्रसाद कानु रहेका छन्।

Related posts

ठोरीमा नवनिर्मित निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समिति भवनको उद्घाटन

MadhesKhabar

पर्सा १ र २ को मतगणना शुरु

MadhesKhabar

वीरगन्जको मनरोड विस्तारको विरोधमा घरधनीहरु आन्दोलित,बजार बन्द गर्ने घोषणा

MadhesKhabar

Leave a Comment