वीरगन्ज,२४कार्तिक:भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको छ। भारतको अहमदावादमा शुक्रबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
यस अघि अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा २४४ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जितको लागि २४५ रन पछ्याएको दक्षिण अफ्रिकाले ४७ दशमलब ३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
दक्षिण अफ्रिकाको लागि रासी वान दर दुसेंले नटआउट ७६ रन बनाए । त्यसैगरी क्विंटन डिकॉकले ४१ रन , एंडिले फेहुक्वायोले ३९ रन, एडन मारक्रमलै २५ रन, डेविड मिलरले २४ रन तथा कप्तान तेम्बा बवूमाले २३ रन बनाए।
अफगानिस्तानका लागि राशिद ख़ान र मोहम्मद नबीले दुई दुई विकेट तथा मुजीब उर रहमानले एक विकेट लिए ।
अफगानिस्तानको लागि अजमतउल्लाह ओमरज़ाईले नटआउट ९७ रन बनाए। त्यसैगरी रहमत शाह र नूर अहमदले २६ र२६ रन बनाए। त्यसैगरी इब्राहिम ज़दरान १५ रन तथा राशिद ख़ानले १४ रनको योगदान दिए।
दक्षिण अफ्रिकाका लागि जेराल्ड कट्ज़ीले सबै भन्दा वढि १० ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए।त्यसैगरी लुंगिसानी एनगिडी र केशव महाराजले २/२ विकेट लिए। त्यसैगरी एंडिले फेहुक्वायोले १ विकेट हात पारे।
जारी विश्वकपमा दक्षिण अफ्रिका ९ खेलमा ७ जित र २ हारसंगै १४ अंक पाएर तालिकामा दोश्रो हुँदै सेमिफाइनल पुगिसकेको छ । अफगानिस्तान चाहि ९ खेलमा ४ जित र ५ हारसंगै ८ अंक पाएर सेमिफाइनलमा पुग्न असफल भएको छ ।
न्युजिल्याडले ९ खेलबाट १० अंक पाएको छ। पाकिस्तानले ८ खेलबाट ८ अंक पाएको छ । न्युजिल्याण्ड भन्दा पाकिस्तान रन रेटमा पछि छ। पाकिस्तानले अन्तिम खेलमा इग्ल्याण्डलाई ठूलो अन्तरले हराए मात्र न्युजिल्याण्डलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाउनेछ।

