Madhes Khabar
खेलकुद

`प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ आजदेखि सुरु हुदैं, उद्घाटन खेलमा वीरगन्ज र दिल्ली भिड्दै

वीरगन्ज,१८कार्तिक : वीरगन्जमा शनिबारदेखि मधेस प्रदेशकै सबै भन्दा बढी धनराशी पुरस्कार भएको `प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ प्रतियोगिता सुरु हुदैंछ।

 

आदर्शनगर रंगशालामा हुने प्रतियाेगिताकाे शनिबार दिउँसाे वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले उद्घाटन गर्नेछन् ।

दिउँसो २ बजेदेखि हुने उद्घाटन खेलमा आयाेजक भेट्रान सिटी क्लब वीरगन्ज र भारत दिल्लीको एफ.सी.आई.नर्थ जोन फुटबल टिम नाेइडा भिड्ने भएका छन् ।

 

कार्तिक २५ गते सम्म चल्ने प्रतियोगतामा त्रिुभवन आर्मी क्लब काठमाडौं , नेपाल पुलिस क्लब काठमाडौं , संकटा क्लब काठमाडौं ,चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफ. सी. झापा, आयोजक वीरगन्ज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको एफ.सी.आई.नर्थ जोन फुटबल टिम नाेइडा गरि आठ टिमले भाग लिएकाे क्लबका महाचिव पंकज श्रेष्ठले जानकारी दिए।

वीरगन्ज महानगरपालिकाकाे मुख्य प्रायाेजनमा हुन लागेकाे प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै हरेक खेलकाे म्यान अफ दी म्याच घाेषित हुने खेलाडीलाई नगद १० हजार, विधागत तर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियाेगिताकै सर्वाेत्कृट हुने खेलाडीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोेगितामा दर्शकका लागि प्रवेश शुल्क १ सय रुपैया राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष सागर राणाले जानकारी दिए । सेमिफाइनलदेखिको खेलमा भने प्रवेश शुल्क २ सय रुपैयाँ राखिएको जानकारी श्रेष्ठले गराए ।

वीरगन्जमा फुटबलकाे क्रेज बढाउन पाँच वर्षपछि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक क्लबका महासचिव श्रेष्ठले बताए ।

 

प्रतियोगिताको कूल खर्च लागत ८० लाख रुपैयाँ रहेकोमा मुख्य सहयोगी वीरगन्ज महानगरपालिकाले २५ लाख रुपैयाँ दिएको क्लबका अध्यक्ष सुबिन बस्नेतले बताए ।

आयाेजक क्लबका महासचिव श्रेष्ठका अनुसार १० हजार दर्शक अटाउने क्षमताकाे आदर्शनगर रंगशालामा ३ हजार दर्शक बस्न सक्ने क्षमताकाे अस्थायी प्याराफिटपनि निर्माण गरिएकाेछ ।

Related posts

भारतविरुद्ध हरेक छक्का वा विकेटबापत नेपाली खेलाडीलाई १ लाख पुरस्कार दिने घाेषणा

MadhesKhabar

बाराका क्रिकेटर अनिल साहलाई जनकपुरले १५ लाखमा किन्यो

MadhesKhabar

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि फेरि भारतकाे सानदार जीत

MadhesKhabar

Leave a Comment