Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जको पानीटंकीमा नवनिर्मित दुर्गा मन्दिरमा घटस्थापनाका दिन मूर्तीको प्राणप्रतिष्ठा गरिने

वीरगन्ज,२६असोज : वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी टोलमा नवनिर्मितन दुर्गा मन्दिरमा यहि असोज २८ घटस्थापनाका दिन दुर्गा भवानी माताको मूर्तीको पुर्न–प्राणप्रतिष्ठा गरिने भएको छ ।

बिपिसी कलेज अगाडि नवनिर्मित मन्दिरमा यहि घटस्थापनाका दिन आइतबार भव्य रुपमा पूजापाठ गरि मूर्तीको पुर्न–प्राणप्रतिष्ठा गर्न लागिएको दुर्गापूजा समितिले जनाएको हो ।

शुक्रबार मन्दिर परिसरमै आयोजित पत्रकार सम्मेलनमा वडा नम्बर ८ का वडाअध्यक्ष रितेश गुप्ताले घटस्थापनाकै दिन आइतबार बिहान भव्य कलश यात्रापनि निकालिने जानकारी गराए । यस्तै असोज ६ गते महानवमीका दिन साँझ महाआरती पनि गरिने गुप्ताले बताए ।असोज ७ गते विजयादशमीका दिन महाप्रसाद वितरण गरिने अध्यक्ष गुप्ताले बताए ।

घटस्थापना , महानवमी र विजयादशमीका दिन बेलुकी मन्दिर परिसरमै झाँकीसहितको भजनकृतन पनि गरिने पूजा समितिका अध्यक्ष सन्जय श्रीवास्तवले जानकारी दिए ।

स्थानीय समाजसेवी प्रेम टिबडेवालले पुरानो जीण मन्दिर रहेको उक्त जग्गा वीरगन्ज महानगरपालिकालाई दान दिएपछि मधेस प्रदेश सरकारको ५० लाख रुपैयाँ र वडा कार्यालयको करिब १६ लाख गरि ६६ लाख रुपैयाँको लागतमा नयाँ मन्दिर निर्माण गरिएको वडाअध्यक्ष गुप्ताले बताए ।

Related posts

पर्साकाे जगतियामा आगलागी हुदा फुसकाे घर जलेर नष्ट

MadhesKhabar

वीरगंज–१९ बिन्दबासिनीमा कांग्रेस उम्मेदवार चौरसियाको कार्यकर्ता भेला सम्पन्न

MadhesKhabar

निर्वाचन आयाेगमा कांग्रेसले समानुपातिक बन्दसूची दुई वटा बुझाएकाे खुलासा

MadhesKhabar

Leave a Comment