Madhes Khabar
राजनीति

जसपा पर्साको ४ वटै क्षेत्रका इन्चार्ज चयन

वीरगन्ज,१६असाेज: पर्सामा गत असाेज १० पुनर्गठित जनता समाजवादी पार्टी (जसपा) जिल्ला कार्य समितिले जिल्लाको ४ वटै प्रतिनिधिसभा क्षेत्रको इन्चार्ज चयन गरेको छ ।

मंगलबार जिल्ला अध्यक्ष सिंघासन साह तेलीकाे अध्यक्षतामा बसेको पुनर्गठित जिल्ला कार्य समितिकाे बैठकले ४ वटै प्रतिनिधिसभा क्षेत्रको समन्वय समितिका इन्चार्ज चयन गरेको हो ।

जसअनुसार क्षेत्र नंबर १ काे इन्चार्जमा निजरन्जन साह सोनार (अजय सर्राफ), क्षेत्र नम्बर २ काे इन्चार्जमा बैजुलाल स्वर्णकार, क्षेत्र नम्बर ३ काे इन्चामा महन्थ प्रसाद यादव र क्षेत्र नम्बर ४ काे इन्चार्जमा जंगबहादुर प्रसाद थारुलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको पार्टीका जिल्ला सचिव उमेशलाल सहनीले जानकारी दिए ।

पार्टीले चारै जनालाई सर्बसम्मत निर्णय गरेर इन्चार्जको जिम्मेवारी दिइएको सहनीले बताए ।

यता मंगलबार नै रामनरेश यादव अध्यक्ष रहेकाे जिल्ला कार्य समितिका चार वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्षहरुले संयुुक्त विज्ञप्ति जारी गरेर आफुहरु यादवकाे साथमा रहेकाे जनाएका थिए ।

Related posts

प्रदेश प्रमुखले मधेसको अस्मितालाई समाप्त पार्ने खेल खेलिन् : सोनल

MadhesKhabar

मधेसको प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा सांसदहरुले नै गरे तोडफोड

MadhesKhabar

आगामी नीति, कार्यक्रम तथा बजेट देशमा आर्थिक क्रान्ति ल्याउने खालको हुन्छ : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

Leave a Comment