Madhes Khabar
राजनीति

जसपाका मधेस प्रदेश अध्यक्ष यादवले छाडे पार्टी

वीरगन्ज,११मंसिरःअशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गरेका छन् । मधेसी दलहरुबाट मधेसको विकास र अधिकारको रक्षा हुन नसक्ने भन्दै यादवले जसपाको मधेस प्रदेश अध्यक्षका साथै पार्टीको साधरण सदस्यसमेत परित्याग गरेका हुन् ।

बिहीबार जसपाका अध्यक्ष अशोक राईलाई पठाएको राजिनामा पत्रमा यादवले लेखेका छन् , “मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरी जनता समाजवादी पार्टीसम्म आइपुग्दा सधैँ अन्याय, अत्याचार र विभेदविरुद्ध आवाज उठाउँदा जेल, थुना र मुद्दा भोगेँ । तर देशको वर्तमान राजनीतिक अवस्थामा मधेसको विकास र अधिकार मधेस केन्द्रित दलहरूबाट सम्भव नदेखेर आजैदेखि पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यताबाट राजीनामा गर्दछु ।”

यादवले अब आँफु प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेपनि बताएका छन् । यादव केही महिना अघि सर्लाहीका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह खड्कासँग फोनमा चर्काचर्की गर्दै गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि चर्चामा आएका थिए । उक्त प्रकरणमा उनी पक्राउ समेत परेका थिए ।

Related posts

देउवालाई शेखरले भने : ०८४ पछि महाधिवेशन गर्ने सुनिन्छ,यसरी कांग्रेस चल्दैन

MadhesKhabar

रास्वपाले पर्सा जिल्लामा दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्दै

MadhesKhabar

सर्वाेच्चले रास्वपाका किशोरीकाे पक्षमा दिएन अन्तरिम आदेश, मातृकाकाे सांसद पद कायम

MadhesKhabar

Leave a Comment