वीरगन्ज,१३असोजःराष्ट्रिय एकता अभियान अन्तर्गतको युवा विभागले शनिबार काठमाण्डौंमा दोस्रो युवा सम्मेलन सम्पन्न गरेको छ।
संघीय हिन्दू गणतन्त्र स्थापनार्थ आयोजित युवा सम्मेलन युवा विभागका संयोजक दिवस पटेलको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथी एंव अभियानका केन्द्रीय संयोजक विनय यादव, विशिष्ठ अतिथि अभियानका वरिष्ठ नेता वीपी यादव, अभियानका महासचिव डा. प्रभात कुशवाहा, केन्द्रीय सदस्य चन्द्र यादवलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
यसैगरी, महिला बिभाग प्रमुख रीता साह, बागमती प्रदेश इन्चार्ज शिशिर रंजीतकार, मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, प्रशिक्षण विभाग संयोजक उमेश सिंह, प्राध्यापकद्वय विजय महासेठ र कुंजीलाल यादव, जयनारायण यादवलागयतले सम्मेलनमा आफनो धारणा राखेका थिए।
कार्यक्रमको सन्चालन राकेश सिंहले गरेका थिए भने राष्ट्रिय विद्यार्थी परिषदका महसचिव पप्पू यादव र अभियानका केन्द्रीय सदस्य सूजन यादवले सहजीकरण गरेका थिए।

