Madhes Khabar
स्थानिय

वीरगन्जमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

सांकेतिक फोटो

वीरगन्ज,२१ भदौं : वीरगन्जमा मोटरसाइकलले ठक्करबाट पैदलयात्री भारतीय नागरिकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित नापी शाखा अगाडिको सडकमा बुधबारराति ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत बिहारको सिमरी मधुवनी घर भएका ५० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार , बुधबारराति ९ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक वीरगन्ज १५ मुर्ली निवासी ४५ वर्षिय अशोक महतोलाई उपचारपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

Related posts

बाराको बस दुर्घटना : पर्सा र बाराका को को परे ? ( मृतक र घाइतेको विवरण )

MadhesKhabar

पर्सामा गाँजा खेती प्रहरीले नस्ट गर्छ, तर गाँजा राेप्नेहरु पक्राउ पर्दैनन्

MadhesKhabar

शिक्षक संघ वीरगन्ज महानगरका नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोह सम्पन्न

MadhesKhabar

Leave a Comment