Madhes Khabar
स्थानिय

वीरगन्जमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

सांकेतिक फोटो

वीरगन्ज,२१ भदौं : वीरगन्जमा मोटरसाइकलले ठक्करबाट पैदलयात्री भारतीय नागरिकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित नापी शाखा अगाडिको सडकमा बुधबारराति ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत बिहारको सिमरी मधुवनी घर भएका ५० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार , बुधबारराति ९ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक वीरगन्ज १५ मुर्ली निवासी ४५ वर्षिय अशोक महतोलाई उपचारपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

Related posts

पकहाँमैनपुर गाँउपालिकामा बल्ल तात्यो विपक्षी दल : ६ बुँदे सूचना माग्दै प्रशासनमा ज्ञापनपत्र

MadhesKhabar

धोबिनी गाँउपालिकाले ल्यायो ३९ करोड बढीको बजेट : कृषि,शिक्षा,स्वास्थ्य मुख्य प्राथमिकतामा

MadhesKhabar

वीरगन्जमा हैजाको महामारी नियन्त्रणमा जुटे तीनै तहका सरकार

MadhesKhabar

Leave a Comment