Madhes Khabar
राजनीति

कांग्रेसको स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट तीन जना मनोनीत

वीरगन्ज,१० भदौं : नेपाली कांग्रेसले मधेस प्रदेशको प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट तीन जनालाई मनोनीत गरेको छ ।

कांग्रेसका मधेस प्रदेश सदस्य जीवननाथ चौधरी प्रमुख रहेको प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट विजय कुमार सर्राफ, विवेक चौरसिया र नेहा मिश्र मनोनीत भएका हुन् ।

काङ्ग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ११ को (ख) बमोजिम चौधरी प्रमुख रहने गरी विभागको गठन गरेकमा पर्साबाट उक्त विभागमा सर्राफ, चौरसिया र मिश्र मनोनीत भएका हुन् ।

उक्त विभागमा बाराबाट उपेन्द्र यादव , दिनेश सुबेदी र बबिता जयसवाल मनोनित भएको काङ्ग्रेस मधेस प्रदेशका मुख्य सचिव सन्तु प्रसाद यादवले जनाएका छन् ।

Related posts

लोकतन्त्र ,संविधान र संघीयता रक्षाका लागि काँग्रेसलाई मत दिन चौरसियाको अपिल

MadhesKhabar

राप्रपा नेता रवीन्द्र मिश्र ३ लाख धराैटी बुझाएर रिहा

MadhesKhabar

मधेस सरकारले गरेको भ्रष्टचार विरुद्ध मेरो उम्मेदवारी हो : ओमप्रकाश सर्राफ

MadhesKhabar

Leave a Comment