Madhes Khabar
राजनीति

कांग्रेसको स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट तीन जना मनोनीत

वीरगन्ज,१० भदौं : नेपाली कांग्रेसले मधेस प्रदेशको प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट तीन जनालाई मनोनीत गरेको छ ।

कांग्रेसका मधेस प्रदेश सदस्य जीवननाथ चौधरी प्रमुख रहेको प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट विजय कुमार सर्राफ, विवेक चौरसिया र नेहा मिश्र मनोनीत भएका हुन् ।

काङ्ग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ११ को (ख) बमोजिम चौधरी प्रमुख रहने गरी विभागको गठन गरेकमा पर्साबाट उक्त विभागमा सर्राफ, चौरसिया र मिश्र मनोनीत भएका हुन् ।

उक्त विभागमा बाराबाट उपेन्द्र यादव , दिनेश सुबेदी र बबिता जयसवाल मनोनित भएको काङ्ग्रेस मधेस प्रदेशका मुख्य सचिव सन्तु प्रसाद यादवले जनाएका छन् ।

Related posts

संविधान दिवसको उपलक्ष्यमा नेविसंघले ठाकुरराम क्याम्पसमा रोप्यो विरुवा

MadhesKhabar

देउवा पक्षले निर्वाचन आयोगमा बुझायो ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी

MadhesKhabar

जनमतलाई स्वीकारेर जनताकै बीचमा रहन्छौं : केपी ओली

MadhesKhabar

Leave a Comment