Madhes Khabar
धर्म/संस्कृति

चैनपुरकाे छठघाट पाेखरीकाे डिलमा सिंढी निर्माणका लागि शिलान्यास

वीरगन्ज ,३साउन: बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुरस्थित छठ पूजा हुने पाेखरीकाे डिलमा सिमेन्टेड भर्याङ (सिंढी) निर्माणका लागि शिलान्यास गरिएको छ ।

रुङ्गटा ग्रुपका सुरेश कुमार रुङ्गटा र चाचान ग्रुपका बाकेलाल प्रसादले संयुक्तरूपमा शिलान्यास गरेका हुन् ।

दुवैजनाले उपलब्ध गराएकाे २१ लाख ८६ हजार रुपैयाँको लागतमा पाेखरीकाे डिलमा पक्की सिंढी निर्माण गर्न लागिएको हाे ।

शिलान्यास कार्यक्रममा परवानीपुर गाँउपालिकाका अध्यक्ष राम क्षेत्री पटेल, उपाध्यक्ष सुगान्धी देवी, वडाअध्यक्ष गम्भिरा पटेल, समाजवादी युवा संघका उपमहासचिव सराेज यादव, गजेन्द्र पटेल, प्रदीप महताे लगायतको पनि उपस्थिति रहेकाे थियाे ।

Related posts

घडीअर्वा पोखरीमा हुने छठ पूजा व्यवस्थापनका लागि तयारी सुरु, विभिन्न उपसमितिहरु गठन

MadhesKhabar

गहवामाई रथ यात्राका लागि वडाध्यक्ष कानुले दिए १ किलाे चाँदी

MadhesKhabar

वीरगन्जमा हिन्दुवादीहरुकाे प्रदर्शन, बजार बन्द,ठाँउ ठाँउमा झडप

MadhesKhabar

Leave a Comment