Madhes Khabar
धर्म/संस्कृति

चैनपुरकाे छठघाट पाेखरीकाे डिलमा सिंढी निर्माणका लागि शिलान्यास

वीरगन्ज ,३साउन: बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुरस्थित छठ पूजा हुने पाेखरीकाे डिलमा सिमेन्टेड भर्याङ (सिंढी) निर्माणका लागि शिलान्यास गरिएको छ ।

रुङ्गटा ग्रुपका सुरेश कुमार रुङ्गटा र चाचान ग्रुपका बाकेलाल प्रसादले संयुक्तरूपमा शिलान्यास गरेका हुन् ।

दुवैजनाले उपलब्ध गराएकाे २१ लाख ८६ हजार रुपैयाँको लागतमा पाेखरीकाे डिलमा पक्की सिंढी निर्माण गर्न लागिएको हाे ।

शिलान्यास कार्यक्रममा परवानीपुर गाँउपालिकाका अध्यक्ष राम क्षेत्री पटेल, उपाध्यक्ष सुगान्धी देवी, वडाअध्यक्ष गम्भिरा पटेल, समाजवादी युवा संघका उपमहासचिव सराेज यादव, गजेन्द्र पटेल, प्रदीप महताे लगायतको पनि उपस्थिति रहेकाे थियाे ।

Related posts

विजया दशमीका दिन वीरगन्जमा हजाराैकाे सहभागितामा ‘रावण दहन’

MadhesKhabar

आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

MadhesKhabar

साढे १८ लाख खर्च गरेर घडीअर्वा छठघाटको सजावट

MadhesKhabar

Leave a Comment