Madhes Khabar
राजनीति

ओबिसी महासंघ वीरगन्ज महानगरको अध्यक्षमा युवा नेता गुप्ता चयन

वीरगन्ज, १६ असार : नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघको वीरगन्ज महानगरको अध्यक्षमा अजय गुप्ता चयन भएका छन् ।

शनिवार वीरगन्जमा आयोजित ओबिसी महासंघको वीरगन्ज महानगर स्तरीय भेलाले वीरगन्ज १० घडीअर्वाका युवा नेताा गुप्तालाई अध्यक्षमा सर्वसम्मच चयन गरेको हो ।

महासंघको वीरगन्ज महानगरको कमिटी बिस्तारसंगै अध्यक्षमा गुप्तालाई सर्वसम्मत चयन गरिएको महासंघका केन्द्रीय सदस्य संदिप महतोले जनकारी दिए ।

गत स्थानीय तह निर्वाचनमा वीरगन्ज मानगरपालिका वडा नम्बर १० को वडाअध्यक्ष पदका लागि एमालेबाट प्रत्यासी समेत रहेका गुप्ताको राजनितिमा सक्रियता र संगठन प्रतिको निष्ठालाई कदर गर्दै महासंघले अध्यक्षको जिम्मेवारी दिएको महत्तोले बताए ।

नवनिर्वाचित अध्यक्ष गुप्ताले आफुले महानगर अध्यक्षको जिम्मेवारी पाएकाले अब वीरगन्ज महानगर मात्र नभई पर्सा जिल्लाघर नै महासंघकाो संगठन थप मजबुत बनाउने र पार्टीको पहिलो स्थानमा पिछडावर्ग महासंघलाई ल्याउने प्रतिबद्धता जनाएका छन् ।

 

Related posts

पर्साका १ का जसपा उम्मेदवार यादव भन्छन् : जनता जनार्दन हुन् , काम गरेका नेताको मुल्यांंकन गर्छन्

MadhesKhabar

सन्त नेता भट्टराईकाे जन्मजयन्तिमा वीरगन्जमा कांग्रेसले गर्याे दीप प्रज्वलन

MadhesKhabar

जसपा नेपालले घोषणा गर्‍यो आन्दोलनको कार्यक्रम : वीरगन्जमा पुस १५ गते जनप्रदर्शन

MadhesKhabar

Leave a Comment