Madhes Khabar
स्थानिय

जिराभवानी गाँउपालिकाकाे नीति : एक वडा एक माध्यमिक विद्यालय

वीरगन्ज ,१०असार: पर्साको जिराभवानी गाँउपालिकाको १२औँ गाउँसभा आइतबार सम्पन भएको छ । गाउँसभामा गाँउपालिकाकी उपाध्यक्ष रेखा चाैधरीले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रमसंगै ३४ करोड ८० लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन् ।

जिराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुरस्थित बरात भवनमा आयोजित गाँउसभामा कार्यक्रममा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन प्रबर्द्धन र सामाजिक विकासका विषयलाई मुख्य प्राथमिकतामा राखिएकाे छ ।

नीति तथा कार्यक्रममा एक वडा एक माध्यमिक विद्यालय, हरेक जाती, धर्म तथा समुदायका बालबालिकाकाे शिक्षामा अनिवार्य पहुच, विद्यालयमा विद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी लगायत उल्लेख छ ।

नीति तथा कार्यक्रममा किसानलाई खेती गर्न सहज बनाइने, निशुल्क विद्युतिय सिँचाईकाे प्रबन्ध गाँउपालिकाले गर्ने कार्यक्रम पनि उल्लेख छ ।

सुक्दै गएका पानीको मुहान संरक्षण तथा संबर्धन गरिने, उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकाराे सुधार कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष चाैधरीले बताइन् । पालिकाका पाँचै वडाहरुमा नयाँ कृषि सडक निर्माण गरिने नीति पनि रहेकाे उनले बताइन्।

उनले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने र थप एक वटा एम्बुलेन्स खरिद गरी सेवालाई प्रभाकारी बनाउने नीतिपनि रहेकाे जानकारी गराइन् । गाँउपालिकाबासीहरुलाई ब्लड बैंकबाट निःशुल्क रगत उपलब्ध गराउने सेवालाई निरन्तरता दिने अगामी नीति रहेकाे उनले बताइन् ।

गाँउपालिका अध्यक्ष अनाेज चाैधरीकाे अध्यक्षतामा आयाेजित गाँउसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडाध्यक्षहरु, वडासदस्यहरु,कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतकाे सहभागीता थियाे ।

Related posts

वीरगन्जको मेनरोड विस्तारको विरोधमा मानव सांग्लो बनाएर प्रदर्शन

MadhesKhabar

वीरगन्ज महानगरका सरसफाइ कर्मचारीहरुले सडकमै फाेहाेर थुपारेर थाले आन्दोलन

MadhesKhabar

पाेखरियाकाे मालपोत कार्यालयले सञ्चालनमा आएको दुई महिनामै ५८ लाख बढी राजस्व उठायाे

MadhesKhabar

Leave a Comment