Madhes Khabar
स्थानिय

पाेखरियाकाे मालपोत कार्यालयले सञ्चालनमा आएको दुई महिनामै ५८ लाख बढी राजस्व उठायाे

वीरगन्ज,१५बैशाख:पर्साको पोखरियामा सञ्चालनमा आएकाे दुई महिनामै मालपोत कार्यालयले ५८ लाख भन्दा बढी राजस्व संकलन गरेकाे छ।पहिलाे दुई महिनामै कार्यालयले विभिन्न शीर्षकमा ५८ लाख १४ हजार ४ सय ६० रुपैया राजस्व संकलन गरेकाे मालपोत कार्यालय पोखरियाका सुचना अधिकारी रामरेखा प्रसाद चौरसियाले जानकारी दिए।

चौसियाका अनुसार १४ वटा संशाेधन फाईल, ५१ वटा दाखील खारिजको फाईल,४७ वटा हाल साविकको फाईल, ७८ वटा नामसारीको फाईल गरी जम्मा १९० वटा फाईलको काम सम्पन्न उनले बताए ।१९० वटा फाईलको काम सम्पन्न बापत मालपोत कार्यालय पोखरियाले ६ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको उनले बताए ।

लिखत संया ५५३ वटा फाईलको फागुन महिनामा ९ लाख ६३ हजार ९ सय ७८ रुपैया, चैत महिनामा २० लाख ६९ हजार ४ सय ८२ रुपैया , बैशाख महिनाको १४ गतेसम्म १५ लाख ५ सय रुपैया ,दृष्टिकबन्धक रोका संख्या ४४९ फाईलबाट ६ लाख ५ हजार राजस्व संकलन भएको उनले बताए ।

पाेखरियामा गत फालगुन १५ गतेदेखि मालपोत कार्यालय सञ्चालनमा आएको हाे।

कार्यालय प्रमुख रामजी साहले कार्यालयबाट सहज रुपमा सेवा प्रदान भइरहेकाे र सेवाग्राहीहरु सन्तुष्ट रहेकाे दाबी गरे।

Related posts

वीरगन्जको शम्सानघाटमा गाडिएको बालककाे शव प्रहरीले खनेर निकाल्याे,आमा-बुबा दुवै पक्राउ

MadhesKhabar

पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले शपथ लिए

MadhesKhabar

बिपद पुर्वतयारी बारे पालिका स्तरीय ३ दिने कार्यशाला गोष्ठी वीरगन्जमा सुरु

MadhesKhabar

Leave a Comment