Madhes Khabar
स्थानिय

पाेखरियाकाे मालपोत कार्यालयले सञ्चालनमा आएको दुई महिनामै ५८ लाख बढी राजस्व उठायाे

वीरगन्ज,१५बैशाख:पर्साको पोखरियामा सञ्चालनमा आएकाे दुई महिनामै मालपोत कार्यालयले ५८ लाख भन्दा बढी राजस्व संकलन गरेकाे छ।पहिलाे दुई महिनामै कार्यालयले विभिन्न शीर्षकमा ५८ लाख १४ हजार ४ सय ६० रुपैया राजस्व संकलन गरेकाे मालपोत कार्यालय पोखरियाका सुचना अधिकारी रामरेखा प्रसाद चौरसियाले जानकारी दिए।

चौसियाका अनुसार १४ वटा संशाेधन फाईल, ५१ वटा दाखील खारिजको फाईल,४७ वटा हाल साविकको फाईल, ७८ वटा नामसारीको फाईल गरी जम्मा १९० वटा फाईलको काम सम्पन्न उनले बताए ।१९० वटा फाईलको काम सम्पन्न बापत मालपोत कार्यालय पोखरियाले ६ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको उनले बताए ।

लिखत संया ५५३ वटा फाईलको फागुन महिनामा ९ लाख ६३ हजार ९ सय ७८ रुपैया, चैत महिनामा २० लाख ६९ हजार ४ सय ८२ रुपैया , बैशाख महिनाको १४ गतेसम्म १५ लाख ५ सय रुपैया ,दृष्टिकबन्धक रोका संख्या ४४९ फाईलबाट ६ लाख ५ हजार राजस्व संकलन भएको उनले बताए ।

पाेखरियामा गत फालगुन १५ गतेदेखि मालपोत कार्यालय सञ्चालनमा आएको हाे।

कार्यालय प्रमुख रामजी साहले कार्यालयबाट सहज रुपमा सेवा प्रदान भइरहेकाे र सेवाग्राहीहरु सन्तुष्ट रहेकाे दाबी गरे।

Related posts

जिल्ला प्रहरी कार्यालय पर्सामा बिचाैलियाहरुलाई निषेधित गर्न सेवाग्राहीहरुकाे माग

MadhesKhabar

बाराकाे जंगलमा पाटे बाघ मृत अवस्थामा फेला

MadhesKhabar

फेटा गाउँपालिकामा भ्रष्टाचार गरेको कसुरमा ३ जनालाई ३ महिना कैद र जरिवाना

MadhesKhabar

Leave a Comment