Madhes Khabar
स्थानिय

देवताल गाँउपालिकाको गाउँसभामा ३१ कराेड ७ लाखकाे बजेट सार्वजनिक

बारा,१०असार: बाराकाे देवताल गाँउपालिकाको १० ओैं गाउँसभामा आगामी आर्थिक वर्षका लागि सम्पन्न ३१ कराेड भन्दा बढीको बजेट सार्वजनिक गरिएको छ ।

आइतबार आयाेजित गाँउसभामा गाँउपालिका अध्यक्ष उदय प्रसाद यादवले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ करोड ७ लाख ४३ हजारको बजेट प्रस्तुत सार्वजनिक गरेका हुन् ।

त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँउपालिका अध्यक्ष यादवले गाँउपालिकामा आवश्यक हरेक योजनालाई प्राथमिकतामा राखेको बताए ।

उनले शिक्षा , खानेपानी र स्वास्थ्य पनि मुख्य प्राथमिकतामा रहेकाे जनाउँदै गाँउपालिकाको चौतर्फि विकासका लागि अगाडी बढ्ने बताए ।

खानेपानीका लागि एक घर एक चापाकल योजना अन्तर्गत सबै घरमा चापाकल जडान गरिने भन्दै उनले गाउँघरमै रोजगारी सृजना गरिने पनि बताए ।

गाँउपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न गाँउसभामा गाँउपालिकाकी उपाध्यक्ष सितापती यादव,सात वटै वडाका वडा अध्यक्ष, वडा सदस्य , कार्यपालिका सदस्य , प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तव, कर्मचारी लगायतको सहभागीता थियाे ।

Related posts

नवनियुक्त उद्योगमन्त्री रिजाल बैशाख ३ गते गृहजिल्ला आउँदै

MadhesKhabar

नारायणी अस्पतालको फार्मेसीमा भएको करोडौंको हिनामिना पारियो थामथुम

MadhesKhabar

मेयर सिंह भन्छन् : वैभव वीरगन्ज बनाउने अभियान कुनैपनि हालतमा रोकिदैन

MadhesKhabar

Leave a Comment