Madhes Khabar
स्थानिय हेडलाइन

नारायणी अस्पतालको फार्मेसीमा भएको करोडौंको हिनामिना पारियो थामथुम

फाइल फोटो

मधेसखबर
वीरगन्ज , २८ चैत: वीरगन्ज स्थित नारायणी अस्पतालको फार्मेसीमा भएको आर्थिक हिनामिना बारे अख्तियारले छापा मारेर फाइल र कागजात लिएर गएको २० महिना बिती सकेको छ ।

तर त्यसपछिको अनुसन्धान र कारबाहीको प्रगति बारे अख्तियार अहिले सम्म मौन छ । अस्पतालको सरकारी फार्मेसीमा औषधी खरिद बिक्रीमा त्यस बेला कार्यरत फार्मेसी इन्चार्ज हरेन्द्र यादव सहितका कर्मचारीले १ करोड २१ लाख रुपैयाको हिनामिना गरेको समाचार २०७८ साउन २४ गते प्रकाशन भएको थियो ।

त्यसको आठ दिन पछि २०७८ साउन ३२ गते हेटौडा स्थित अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णु प्रसाद सापकोटा नेतृत्वमा आएको टोलीले फार्मेसीमा छापा मारेको थियो । फार्मेसीमा छापा मारेको अख्तियारको टोलीले फार्मेसीको कोरोबार सम्बन्धि फाइल र कागजात नियन्त्रणमा लिनुका साथै फार्मेसीको स्टोर कक्षमा सिल गरेर हेटौडा फर्किएको थियो ।

हेटौडा फर्कने क्रममा अख्तियार टोली प्रमुख सापकोटाले सबै कागजात अध्यनन गरेर ७÷८ दिनमै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताएका थिए । तर अहिले २० महिना बिति सक्दा पनि अख्तियारले अझै सम्म अनुसन्धानको रिपोर्ट नै सार्वजनिक गर्न सकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय हेटौंडाका उपसचिव सापकोटाले थप अनुसन्धान गर्नु पर्ने आवश्यकता देखिएकाले वीरगन्जबाट लिएर आएका कागजात सहितको सबै फाइल २०७८ भदौ १० मै केन्द्रिय कार्यालयमा पठाइ दिएको बताए ।

उनले भने,‘ हामीले त्यहि बेला सबै कागजात सहितको फाइल आयोगको केन्द्रिय कार्यालयमा पठाइदियौं , त्यसपछिको प्रगती बारे केन्द्रमै बुझनु होला ।

त्यसअघि २०७८ साउनमा आफुहरुले गरेको १० दिनको अनुसन्धानका क्रममा फार्मेसीले खरिद गरेका औषधी म्याद सकिएपछि समयमै आपुर्तिकर्तालाइ फिर्ता नगरेको , स्टोरकक्षमा ठूलो परिमाणमा म्याद सकिएका औषधी लामो समय देखि भण्डारण गरि राखेको , खरिद गरिएका औषधीको परिमाण अनुसार बील नभएको जस्ता कैफियत भेटिएको जानकारी पनि सापकोटाले दिएका थिए ।

नारायणी अस्पतालले २०७४ बैशाख देखि सन्चालनमा ल्याएको फार्मेसीमा सन्चालन भए यता २०७८ जेठ मसान्त सम्म फार्मेसीमा त्यसबेला कार्यरत कर्मचारीले औषधीको खरिद बिक्री ,तलब भत्ता सुविधा लगायतमा करिब १ करोड २१ लाख रुपैया हिनामिना गरेको प्रमाण सहितको समाचार विभिन्न मिडियामा प्रकाशीत भएको थियो ।

 

Related posts

अध्यक्ष कलवार र कर्मचारी बिचको कलहले कालीकामाई गाँउपालिका अस्तव्यस्त

MadhesKhabar

मेयर सिंहको आह्वान : सबै मिलेर ग्रेटर वीरगन्जको अवधारणा साकार पारौं

MadhesKhabar

काम गरेको छु , त्यसकारण जनताले फेरि अवसर दिनेमा ढुक्क छु : जितेन्द्र सोनल

MadhesKhabar

Leave a Comment